कर्णालीका चार महिनाका बालकसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि

सिमकोट-कोरोना संक्रमणको तीव्र रुपमा फैलिइरहेको कर्णाली प्रदेशमा बुधबार दिउँसो थप नयाँ १६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा छुट्टा छुट्टै गरिएको पीसीआर परिक्षणमा नयाँ संक्रमित थपिएका हुन।

नयाँ थपिएका संक्रमित मध्य सल्यान जिल्ला कुमाख गाउँपालिका वडा नम्बर ३ का १९ र २४ वर्षका पुरुष रहेको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखामा प्रमुख डा लक्ष्मी नारायण तिवारीले बताए।

त्यसैगरी नयाँ संक्रमितमा दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नम्बर ८ का २५ वर्षका पुरुष रहेका छन् । त्यसै गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर २ का २०, २४, २५, २५ र ३० वर्षका पुरुष तथा दुल्लु नगरापालिका वडा नम्बर २ का १७ वर्षका पुरुष रहेका छन्।

त्यस्तै कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नम्बर २ को २२ वर्षका पुरुष, वडा नम्बर ४ का ४ महिना र २८ वर्षका पुरुष रहेका छन्।त्यसैगरि तिलागुफा नगरपालिका वडा नम्बर २ को २१ वर्षका पुरुष, ७ का ४२ वर्षका पुरुष रहेका छन् भने शुभकालिका गाउँपालिका वडा नम्बर ३ को २१ वर्षका पुरुष र सान्नित्रिबेणी गाउँपालिका वडा नम्बर २ की २० वर्षकी महिला रहेकी छन्।

यसअघि कर्णालीमा २५१ जना कोरोनाका सक्रमितहरु रहेका थिए। त्यसमा एक जनाको मृत्यु र २५० जना उपचाररत रहदै आएका छन् । अब जम्मा कर्णालीमा कोरोना संक्रमित संख्या २६७ जना पुगेको छ।

जेठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्