भोजपुरमा आरडिटी परीक्षण गर्दा १६ जनामा कोरोना ‘पोजिटिभ’, आवतजावतमा रोक

भोजपुर-भोजपुर पौवादुङमा गाँउपालिकामा आरडिटी परीक्षणका क्रममा १६ जनामा कोभिड १९ पोजेटिभ देखिएपछि गाँउपालिका आवतजावतमा बन्देज लगाइएको छ।

गाँउपालिकामा मंगलबार र बुधबार गरि दुईदिनमा जनप्रतिनीधि, स्वास्थ्यकर्मी तथा स्थानीय गरि कुल ८१ जनाको आरडिटी परिक्षण गरिएको गाँउपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

सोही परिक्षणका क्रममा १६ जनामा पोजेटिभ रिपोर्ट आएपछि आवतजावतमा बन्देज लगाइएको अध्यक्ष राईले जानकारी दिए। गाँउपालिकामा मंगलबार र बुधबार गरिएको परिक्षणमा क्रमशः ९ र ७ जनामा पोजेटिभ रिपोर्ट देखिएको हो।

उनीहरुको बुधबार जिल्लाबाट आवश्यक स्वास्थ्य सामाग्री मगाएर स्वाब संकलन गरि धरान पुराउने तयारी भइरहेको उनले बताए।

मंगलबार थ्रोट स्वाब संकलनका लागि आवश्यक सामाग्री उपलब्ध हुन नसक्दा संकलनको काम हुन सकेको थिएन्। पोजेटिभ देखिएका १६ जना नै स्थानीय भएको बताएका अध्यक्ष राईले १ जना भने केहीदिन अघि झापा पुगेर फर्किएका थिए।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश राईका अनुसार आरडिटीमा पोजेटिभ रिपोर्ट आएसँगै पालिका प्रवेश प्रवेश गर्नेदेखि बाहिरिने सबै नाका सिल गरिएको छ।

जेठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्