लकडाउनबीच माइतीघरमा दिनहुँ समूह-समूहका प्रदर्शन (तस्विरहरु)

काठमाडौं-  कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले दुई महिनाभन्दा बढी समययता निरन्तर देशब्यापी लकडाउन गरिरहेपनि संघीय राजधानीको माइतीघरमा दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन्।

लिपुलेक सिमा विवादका कारण लकडाउनबीच राजधानीमा बल्झिएको प्रदर्शन त्यसयता निरन्तर जारी छ।

त्यसयता रुकुम पश्चिममा जातीय छुवाछुतका कारण ६ जनाको ज्यान जाने गरी भएको घटना अनि अमेरिकाले नेपालमा सञ्चालन गर्ने भनेको मिलेनियम कर्पोरेट च्यालेन्ज-एमसिसीको विरोधमा प्रदर्शनहरु भइरहेका छन्। अधिकारकर्मी, अभियानकर्मीसहित विभिन्न संघसंस्था र संगठनहरु आन्दोलनमा छन्।

लकडाउनको चुनौती मोलेर सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई नियन्त्रणमा लिने र साँझ छाड्ने क्रम निरन्तर चलिरहेको छ। बुधबार पनि माइतीघरमा वैद्य नेतृत्वको माओवादी, विभिन्न विधार्थी संगठन र सुरेन्द्र भण्डारी आबद्ध अभियानले एमसिसीको विरोधमा माइतीघरमा प्रदर्शन गरेका छन्।

बर्षा शाहका केही तस्बिरहरु:

जेठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्