लकडाउनमा खुले फर्निचर, हाडवर्यरलगायत पसलहरु

काठमाडौँ-मेसिनरी, पेन्टस्, फर्निचर, हाडवर्यर, कसमेटिक लगायतका पसलहरु खुलेका छन्। लकडाउनको सुरुवाति दिनभन्दा अहिले सवारी साधनको चापसँगै पैदल यात्रीहरुको चाप पनि निकै बढेको छ।

सरकारले अत्यावश्यक वस्तुहरु बाहेक अन्य क्षेत्रहरुमा पनि लकडाउन लगाएको थियो। सरकारले गत चैतदेखि सुरु गरेको लकडाउन लम्याउँदै–लम्ब्याउँदै जेठ ३२ गतेसम्म पुर्‍याएको छ। सरकारले यसरी लकडाउन मात्र बढाउने र त्यसको विकल्प नखोजेको भनि व्यापारीहरु आक्रोसित भएका छन्।

टेकुस्थित अटोमोबाइस पार्टस व्यापारी मनोज अग्रवालले सरकारले लकडाउन मात्र कोरोना भाइरस संक्रमण रोकथामको विकल्प रोजेको र यसले आर्थिक क्रियाकलापका रुपमा परेको असरका बारेमा केन्द्रित नभएको बताए।

उनले सरकारले यसरी लकडाउन मात्र गर्ने हो भने व्यापार व्यवसाय खतम हुने र छिट्टै आर्थिक मन्दी हुने बताए। उनले भने, ‘लकडाउनको नियम पालना कति गर्नु ? कलडाउनले खान पुग्दै। भाडा दिर्नुपर्छ। सबै कुरा यहि व्यवसायबाट गर्नुपर्छ।’

सरकारले कर तिर्नताकेता दिए पनि उनले आफूले समयमा नै कर तिर्न सक्ने अवस्थामा नभएको बताए। ‘समयमा नै कर तिर्न सक्दैन’ उनले भने ‘जति समय तोक पनि तोकोस के गर्नु। जरिमाना तिरौला। सरकारसँग लड्न सकिदैन।’

यसैगरी अकौ व्यापारी सुदिप केसीले लामो समयसम्म व्यापार सञ्चालन हुदाँ परिवार खर्च चलाउनै धौ–धौ भएको बताए। ‘अब पनि पसल खोलेनौ भने बालबच्चा भोकभोकै मछैन्’ उनले भने ‘परिवार पाल्नु परेन। सरकारले त कहिलेसम्म लकडाउन गर्छ केहि थाहा छैन।’

उनले करको सन्दर्भमा बोल्दै जहिले सहज रुपमा व्यापार सोही समयमा नै कर बुझाउने बताए।वाणिज्य विभागका प्रवक्ता रविन्द्र आचार्यले व्यापारीहरुलाई पसल खोल्न विभागले निर्देशन नदिएको बताए।

तर उनले इजाजत प्राप्त गरेका व्यापारीहरुले स्थानीय प्रशासन, प्रहरी प्रशासन र स्थानीय तहसँग समन्वय गरेर व्यापार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताए।
व्यापार व्यवसाय नभएको सन्दर्भमा स्थानीयले यस सम्बन्धी चासो राख्नु पर्ने उनको भनाइ छ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डलाई सुरक्षाका उपाय अपनाए व्यापार व्यवसाय संचालन गर्न सक्ने उनले बताए।

‘कोरोना भाइरसको जोखिमलाई ध्यान दिई र सुरक्षाका उपाय अपनाएर व्यापार व्यवसाय संचालन गर्न सक्छन्’ उनले भने ‘तर व्यापारीहरुले बढी मूल्य लिने र कालोबजारी गर्ने जस्ता क्रियाकलाप गर्नु भएन।’

निश्चित समयका लागि सतीय निकाय, प्रशरी प्रशासन, नगरपालिका, वडा लगायतका क्षेत्रको निगरानीमा व्यापार व्यवसाय गर्न सकिने उनले बताए।

जेष्ठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू