वीर अस्पताललाई बैंक अफ काठमाडुले दियो पीपीइ

फाइल तस्बिर

काठमाडौँ-बैंक अफ काठमाण्डू लिमिटेडले वीर अस्पताललाई सुरक्षात्मक सामाग्री सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगर्त अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)सहयोग गरेको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रो.डा. देवनारायण शाहलाई बैंकद्रा हस्तान्तरण गरिएको हो।

यस्तै बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सील्डहरु हस्तान्तरण गरेको छ ।

नेपालमा तिब्र रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट जोखिम स्वास्थ्यकर्मीहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

लकडाउनको अवधिमा बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी दिएको छ।

जेष्ठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्