खोलामा खस्यो भारतीय नम्बर प्लेटको ट्रक, चालकको घटनास्थलमै मृत्यु

दाङ–दाङमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना हुदा चालकको घटना स्थलमै मृत्यु भएको छ।

घोराही बाट लमही आउदै गरेको नम्बर नखुलेको ट्रक घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोटमा दुर्घटना हुदा ट्रकका चालकको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्ज्वल थपलियाले बताए।

‘माथि घुम्तिबाट ट्रक तल मोसोट खोलामा खसेको छ । एक जनाको शव भेटिएको छ’उनले भने–‘हामी घटना स्थलमा पुगेका छौं। मृतकको पहिचान हुन सकेको छैन् ।’

ट्रकले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको बताइएपनि मोटरसाइकलमा सवार र घाइते सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

जेठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्