टोटनह्यामका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो पटक भएको परीक्षणमा एकजनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको क्लबले जनाएको छ ।

संक्रमण देखिएका व्यक्तिलाई हाल सात दिने आइसोलेशनमा राखिएको छ । टोटनह्यामले आफ्नो वेबसाइटमा वक्तव्य जारी गरी गोपनीयताका कारण संक्रमित व्यक्तिको नाम भने सार्वजनिक नगरिने जनाएको छ ।

पछिल्लो चरणमा गरिएको ११ सय ९७ खेलाडी तथा पदाधिकारीले परीक्षणमा एकजनामा मात्रै संक्रमण देखिएको हो ।

प्रिमियर लिग क्लबमा अहिलेसम्म पाँच चरणको परीक्षण भएको छ, कुल ५ हजार ७९ परीक्षण भएकोमा १३ जनामा संक्रमण देखिएको हो ।

प्रिमियर लिगका खेलाडी तथा पदाधिकारीको हाल हप्ताको दुई पटक परीक्षण हुँदै आएको छ । लिगको खेलहरु जुन १७ देखि पुनः सुरु हुँदै छन् ।

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्