ट्वीटरमा ‘रेसिस्ट’ अर्थात रंगभेदी टाइप गर्दा ट्रम्पको एकाउन्ट पहिलो नम्बरमा!

ट्वीटरमा ‘रेसिस्ट’ अर्थात रंगभेदी भनेर खोज्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्याण्ड सुझाइने एकाउन्टको पहिलो नम्बरमा आएको छ ।

बुधबार ट्वीटरमा रेसिस्ट टाइप गरेर सर्च गर्दा ‘सजेस्टेड एकाउन्ट’ मा ट्रम्पको नाम पहिलो नम्बरमा आएको समाचार संस्था एएफपीले जनाएको छ ।

यस सम्बन्धी खबर पहिलोपटक बेलायती सञ्चारमाध्धयम द इन्डिपेन्डेन्टले प्रकाशित गरेको थियो । आफूहरुले तथ्य हेर्दा पनि रेसिस्ट टाइप गरेर खोज्दा ट्रम्पको नाम पहिलो नम्बरमा आएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

ट्वीटरमा ट्मपका ८० मिलियन भन्दा बढी फलोअर्स छन्, तर त्यसमध्ये कति सक्रिय छन् भन्ने चाहिँ विवादकै विषय रहेको छ ।

जर्ज फ्लोइडको मृत्यु प्रकरणलाई लिएर अमेरिकामा भइरहेको प्रदर्शनलाई लिएर ट्रम्पले गरेको टिप्पणीपछि उनी आलोचनाको केन्द्रमा आएका छन् । धेरैले उनलाई रंगभेदी भनेका छन् । ट्रम्प आफैले भने सो आरोप अस्वीकार गर्दै आएका छन् ।

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्