क्वारेन्टाइन र सडकमा प्रहरीसँगै खटिन्छन् युवा स्वयंसेवक

दाङ-कतिबेला खाना खाने, कतिवेला सुत्ने अनी कतिवेल आराम गर्ने कुनै ठेगान छैन् । तर, यसतो अवस्थामा पनि आकाश भुसालस्वयंसेवामा खटिएका छन् । उनी प्युठान जिल्ला प्रवेश गर्ने सिमाना ददेरीमा बस्छन्। त्यहीं घर छ। लकडाउन सुरु भएपछि स्वयंसेवकको रुपमा काम गर्न थाले।

उनको भनाई अनुसार कोरोना भाइरसले सृजना गरेको समस्यासँग जुध्न २४ घण्टा जस्तै खटिने गरेका छन् ।‘२४ सै घण्टा जस्तो काममा खटिने गरेका छौं। कहिले काँही त एक दुई घण्टा सुतिन्छ होला।

दिउँसोको समय क्वारेन्टाइन र यही गेटनेर आएर वस्छु’उनले भने–‘राति पख क्वारेन्टाइन व्यवस्थापनतिर लागिन्छ । १५ जना साथिहरु छौं दैनिक खट्ने ।’ प्रहरी संगै सडक र क्वारेन्टाइनमा खटिएका हुन्छन् आकाश र उनिहरुका साथीहरु ।

कोरोना भाइरसको कहर विश्वभरी छ। भाइरस फैलन नदिन सरकारले गरेको लकडाउन पनि लम्बिदै छ । भारत काम गर्न गएकाहरु विभिन्न नाका हुदै नेपाल आईरहेका छन्।

प्युठान जिल्लामा पनी धेरै मानिस भारतबाट आइरहेका छन्। उनीहरुको विवरण संकलन र क्वारेन्टाइन वसेकाहरुको व्यवस्थापन गर्न सरुमारानी गाउँपालिका वडा नं. २ ले स्वयमसेवक युवा परिचालन गरेको छ।

१५ जना युवाले दैनिक रुपमा जिल्ला प्रवेश गर्नेको विवरण संकलनदेखि क्वारेन्टाइनमा बसेकाहरुको व्यवस्थापनमा सहयोग गर्दै आईरहेका छन् । जेठ १९ गतेको तथ्यांक अनुसार ६ हजार पाँच सय मानिस भारतबाट जिल्ला भित्रिएका छन्। क्वारेन्टाइनमा बसेकाहरुको कोरोना जाँच चलिरहेको छ । अहिले सम्म तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।

यस्तो अवस्थामा झनै कामको चाप थपिएको छ । स्वयमसेवकले भारतबाट, अन्य देशबाट र आफ्नै देशबाट आउनेहरुलाई क्वारेन्टाइनमा पठाउन सहयोगीको काम गर्ने गरेका छन् । ददेरीमा अस्थायी क्वारेन्टाइन छ । यो क्वारेन्टाइन जिल्ला भरीको (वयटिङ्ग) क्वारेन्टाइन पनि हो। मानिसलाई त्यहाँ लगेर राखिन्छ । खानाको व्यवस्था त्यही हुन्छ अनि गाडीको व्यवस्था गरेर ई सम्बन्धित ठाउँको क्वारेन्टाइनमा पठाउने हुन्छ।

‘अहिले यो खाली टाइमको पिरेडमा यो लकडाउनको कारणले गर्दा कुनै पनि काम गरिरख्या छैन् । अहिले समाजमा समाजसेवी काम गरम भनेर लागेको छु । यो पिरेडमा हेर्नुस म धेरै खुसी छु, समाजसेवी काम गर्दा । घर परिवार समाजले राम्रो छ भनेर हौसला थप्नु भएको छ’भुसालले भने–‘यो वेलामा गर्नै पर्छ भनेर अरु समाजसेवी, साथीहरुले पनि आ–आफ्नो जिम्मेवारी आफै वहन गरिरहनु भएको छ ।’

पछिल्लो समय भारतबाट आउनेको संख्या धेरै छ । रोल्पा र प्युठानको नाका पनि हो ददेरी । तर, रोल्पा जानको लागी भारतबाट आउने यो बाटो हिंड्ने मानिस अली कम छन । प्युठान जिल्ला आउने अली उच्च छ।

स्वयंसेवकले भारत र अन्य ठाउँ हुदै जिल्ला प्रवेश गर्नेको तथ्यांक संकलनको काम गर्ने गरेका छन् । ‘प्रत्येक गाडीमा कति जना व्यक्तिहरु हुनुहुन्छ । त्यहाँहरुको तथ्यांक निकाल्ने । हिडेर आउने पैदल यात्रिहरुलाई पनि क्वारेन्टाइनमा राखिसकेपछी उनलाई भोक लागेको छ? भनेर सोध्छौं र खाना खुवाउने व्यवस्था गर्छौं।

कतिपय पैदल यात्रिहरु तीन, चार दिन देखि भोकै हाम्रो क्वारेन्टाइन सम्म आईपुग्नु भएको हुन्छ’उनले भने–‘उहाँहरुलाई व्यवस्थापन गरेर सम्वन्धित पालिकाको क्वारेन्टाइनमा राख्नको लागी व्यवस्था गरिएको छ । अहिले सम्मको तथ्यांक हेर्दा हाम्रो प्युठान जिल्लामा जेठ १९ गते सम्म ६ हजार पाँच सय मानिस भारतबाट आउनु भएको छ।’

सिमानामा गस्ती गर्दा अनावश्यक सवारी साधन चल्न दिइदैन। अनी प्रहरीलाई सहयोग पुर्‍याउन युवा स्वयंसेवक परिचालन गरिएको सरुमारानी गाउँपालिका वडा नं. २ का अध्यक्ष वसन्त जिसीले जानकारी दिए।

‘स्वयंसेवक खटाउदा हामीलाई पनि काम गर्न सहज भएको छ। जनशक्ति परिचालन गर्दा काममा छिटोपना आएको छ’उनले भने–‘क्वारेन्टाइनमा भात भान्सा गर्ने देखी सडकमा निगरानी गर्न स्वयंसेवक खटाएका छौं ।’

वडा नं. २ ले मात्रै वडा भित्र तीन ओटा क्वारेन्टाइन बनाएको छ। ती क्वारेन्टाइनमा मानिसहरु बसाल्नेदेखि उनिहरुलाई खानाको वन्दोवस्त गर्ने सम्मको काममा स्वयमसेवक खटिएका छन्। जसले गर्दा क्वारेन्टाइनको व्यवस्थापन प्रभावकारी भएको हो।

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्