तिमिल्सिना र श्रेष्ठ भत्ता नलिने

फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने भएका छन्।

कोरोनाका कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै अध्यक्ष तिमिल्सिना र नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले भत्ता नलिने घोषणा गरेका हुन्।

तिमिल्सिनाले बिहीबार बैठक भत्ता र देशभित्र भ्रमण हुँदा आउने भक्ता नदिन संसद सचिवालमा निवेदन दिएका छन्।

त्यस्तै श्रेष्ठले पनि पूर्ण बैठकमा सहभागी हुँदा र समितिमा उपस्थित हुँदा आउने भत्ता कटौती गर्न सचिवालयलाई लिखित आग्रह गरेका छन्।

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्