अन्तर्राष्ट्रिय साइकल दिवसका दिन चर्चित कम्पनी एटलासले बन्द गर्‍यो उत्पादन

नयाँ दिल्ली – चर्चित साइकल उत्पादन भारतीय कम्पनी एटलासले कोरोना भाइरसले निम्त्याएको संकटबीच गाजियाबाँदको फ्याक्ट्री बन्द गरेको छ। एटालसको यो निर्णयले सात सयभन्दा बढी कामदार बेरोजगार बनेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।

साहिबाबादमा रहेको उक्त फ्याक्ट्रीको बाहिर आर्थिक कारणले तत्काललाई बन्द गरिएको सुचना टाँसिएको थियो। नियमित समयतालिकाअनुसार काम गर्न पुगेका कर्मचारीहरु उक्त सुचना देखेपछि छक्क परेका थिए। कामदारले आफुहरुलाई बिना जानकारी फ्याक्ट्री बन्द गरिएको बताएका छन्।

एटलास भारतको पुरानोमध्येको साइकल उत्पादन कम्पनिमा पर्छ। एटलासको गाजियाबाद फ्याक्ट्रिको साइकल कामदार युनियनका महासचिव महेश कुमारले बुधबार काम गर्न आउँदा सुचना टाँस गरिएको र भित्र प्रवेश गर्नै नदिएको बताए। कम्पनीमा सन् १९९० देखि कार्यरत कर्मचारी छन्।

एटलासले वर्षौँदेखि आर्थिक संकटमा रहेको कम्पनीलाई चलाउन पैसा नभएका कारण बन्द गर्नुपरेको सुचनामा उल्लेख गरेको छ। दैनिक खर्च टार्न मुस्किल भएको र कच्चा पदार्थ किन्न पैसा भएको एटलासले जनाएको छ।

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्