रियल मड्रिडबाटै खेल जीवन टुंग्याउन चाहन्छन् बेल

ग्यारेथ बेल स्पेनिस क्लब रियल मड्रिडमै रहन चाहेको उनका एजेन्टले बताएका छन् । एजेन्ट जोनथान बार्नेटका अनुसार बेल इंग्लिस प्रिमियर लिगका कुनै पनि क्लब फर्किन चाहँदैनन् ।

उनी आफ्नो खेल जीवन रियल मड्रिडमा टुंग्याउने मनसायमा रहेको बार्नेटले बताए । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध खराब भएपछि बेल प्रिमियर लिग क्लब फर्किने तयारीमा रहेका खबर आउने गरेका छन् ।

गएको समरमा बेल झण्डै चीन गइसकेका थिए । उनको नाम प्रिमियर लिग क्लब टोटनह्याम, न्यूक्यासल युनाइटेडसहितसँग जोडिएको थियो । उनी सन् २०१३ मा कीर्तिमानी मूल्यमा टोटनह्यामबाट रियल मड्रिड गएका हुन् ।

जेष्ठ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्