विनियोजित बजेटको मन्त्रालयगत छलफल आजदेखि

काठमाडौँ – आगामी आर्थिक वर्षको विनियोजित बजेटको मन्त्रालयगत छलफल संसदमा आज (शुक्रबार) देखि सुरु हुँदै छ ।

विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तगर्त आज सातवटा मन्त्रालयका विभिन्न शीर्षकहरुबारे छलफल हुने कार्यसूचि छ ।

आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय तथा सहरी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबारे छलफल हुने छ ।

यस्तै खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, र युवा तथा खेलकूद मन्त्रालयको बजेटबारे पनि आजै छलफल हुने कार्यसूचि छ ।

संसद बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि पनि छ ।

जेठ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्