मलेसियामा कार्यरत ६ हजार ३ सय ४३ नेपाली कामदारद्वारा स्वदेश फर्कन निवेदन

काठमाडौँ – मलेसियामा कार्यरत ६ हजार ३ सय ४३ नेपाली कामदारले स्वदेश फर्कन निवेदन दिएका छन्। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै स्वदेश फर्कन चाहनेको संख्या केही घटेको बताए।

‘सुरुमा हामीले विवरणहरु संकलन गर्‍यौँ। तर अहिले नेपालमा संक्रमण बढेसँगै स्वदेश फर्कन फर्म भरेकाहरु मध्येले पनि कम इच्छा व्यक्त गर्दै हुनुहुन्छ’, पाण्डेले भने।

उनका अनुसार नेपाल आउन फर्म भर्नेहरुमध्ये बिरामी र सुत्केरी २ सय १, भिसाको म्याद सकिएका ३ हजार ६ सय ७५, रोजगारी गुमाएका १ हजार ३६, जागिर छाड्न चाहने ९ सय २२, छुट्टीमा जान चाहने एक सय पाँच जना छन्।

यसैगरि डिपोर्टेसन सेन्टरमा २ सय ७६ जना रहेका छन्।

जेष्ठ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्