कतारका लागि नेपाली राजदूत भन्छन् : स्वदेश फर्कने नेपाली श्रमिकलाई यहाँ स्वास्थ्य परीक्षण सम्भव छैन

काठमाडौँ – कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले  स्वास्थ्य परीक्षण गरेर नेपाली कामदारलाई स्वदेश फर्काउन असम्भव भएको बताएका छन्।

उनले कोरोना परीक्षण प्रणाली सरकारको नियन्त्रणमा रहेको र शंकास्पद विरामीलाई मात्र परीक्षण गर्ने भएकाले नेपाल फर्कने कामदारलाई परीक्षण सम्भव नहुने बताए।

‘मैले यहाँको सरकारसँग कुराकानी गरेको थिएँ तर उहाँहरुले हामीले अरु देशलाई पनि यो सुविधा दिएका छैनौँ, नेपाललाई पनि यो सम्भव छैन भन्ने जवाफ प्राप्त भयो’, श्रम रोजगार पत्रकार समूहसँगको जुम कुराकानीमा भारद्धाजले भने।

उनले कतारको परराष्ट्र मन्त्रालयसँग त्यसका लागि पहल गरिदिन नत्र निजी अस्पतालमा भएपनि परिक्षणका लागि सहजिकरण गरिदिन अनुरोध गरिएको जानकारी दिए।

नेपाल  सरकारले स्वास्थ्य परीक्षण गरेर मात्र विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने बताएको छ।

 

 

जेष्ठ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू