घरमा मास्क नलगाइ कपाल काट्दा जरिवाना तिर्न बाध्य भए सान्चो

जर्मन क्लब बोरुसिया डर्टमुण्डका खेलाडी जेडन सान्चोलाई जमन फुटबल लिगले जरिवाना तिरायो। कारण थियो, सान्चोले आफ्नो घरमा मास्क नलगाइ कपाल काट्दै गरेको तस्बिर पोस्ट गरेका थिए।

जर्मनीमा सैलुनमा जाँदा मास्क लगाउनु पर्ने अनिवार्य छ । तर सान्चोले भने आफूले घरमै कपाल काटेको र घरमा बस्दा मास्क लगाउनु अनिवार्य नरहेको बताएका छन् । उनले आफूमाथि लगाइएको जरिवानालाई ‘व्यंग्य’ को शंज्ञा दिएका छन् ।

सान्चोका साथी खेलाडीले म्यानुएल अकान्जीलाई पनि जरिवाना तिराइएको छ । जर्मन लिगले घरमै कपाल काटिएको भए पनि नियम उल्लंघन भएको बताएको छ । क्लबले उनलाई समर्थन गरेको छ ।

जेष्ठ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू