बारामा २२ जना कोरोना भाइरसमुक्त भएर घर फर्किए

वीरगञ्ज – बाराका २२ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् । कलैया ३ गङागापुरमा रहेको कोरोना अस्थायी विशेष अस्पतालमा उपचाररत २२ जना संक्रमण मुक्त भएर शुक्रबार राति ८ बजे घर गएका हुन् ।

कोरोना भाइरसकालाई जितेर डिस्चार्ज हुनेहरूमा पचारौता नगरपालिका १० जना, सिम्रौनगढ नगरपालिकाका ६ जना, महागढीमाई नगरपालिकाका चारजना र बारागढी गाउँपालिकाका एकजना रहेका छन ।

यस्तै घर फर्किनेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी पनि रहेको जनाइएको छ । जेठ ९ गते, १० गते, १२ गते, १४ गते उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जेठ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्