प्रदेश १ मा थपिए सात जना कोरोना संक्रमित

मोरङ– प्रदेश एकका दुई जिल्लामा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङ र सुनसरीका उनीहरुमा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सुनसरीको भोक्राहा नरसिंह गाँउपालिकामा ४ जना, सुनसरीको धरान उपमहानगरपालिका, मोरङको बुढीगंगा गाँउपालिका र सुनवर्षी नगरपालिकामा समान एकजनामा कोभिड १९ पुष्टि भएको हो।

यससँगै प्रदेशको विभिन्न १४ जिल्लामा गरी कुल २ सय ४७ जनामा कोभिड १९ पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि शनिबार नै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १२ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।

प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या ७८ रहेको छ।

जेठ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्