बार्यन म्युनिखलाई लगातार आठौँ उपाधिका लागि मात्रै दुई जितको खाँचो

जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बार्यन म्युनिखले जित्नका लागि अब मात्रै दुई खेलमा विजयको खाँचो रहेको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बायर ०४ लेभरकुजनलाई ४–२ ले पराजित गरेको बार्यन म्युनिखले बाँकी चार मध्ये दुई खेलमा मात्रै जित निकालेमा लगातार आठौँपटक उपाधि पक्का गर्ने भएको हो ।

अवे मैदानमा भएको खेलमा बार्यनका लागि मोम्यानले २७ औँ, गोरेट्ज्काले ४२ औँ, ग्नाब्रीले ४५ औँ तथा रोबर्ट लेवान्डोस्कीले ६६ औँ मिनेटमा गोल गरे । बायरका लागि नवौँ मिनेटमा एलारिओ र ८९ औँ मिनेटमा विर्ट्जले गोल गरेका हुन् ।

जितपछि शीर्ष स्थानको बार्यनको ३० खेलबाट ७० अंक भएको छ । शनिबार राति नै भएको खेलमा हेर्था बर्लिनलार्य १–० ले पराजित गरेको बोरुसिया डर्टमुण्डको समान ३० खेलबाट ६३ अंक भएको छ ।

जेठ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्