दाङको पहिलो कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किए

दाङ-दाङका पहिलो कोरोना संक्रमितले कोरोना जीतेर घर फर्किएका छन्। गढवा गाउँपालिका निवासी दुई जना व्यक्ति पहिलो कोरोना संक्रमित थिए । जस मध्य दुवै जना कोरोना जीतेर घर फर्किएका हुन्।

एक जना व्यक्ति यसअघि नै घर फर्किएका थिए भने, अर्का एक जना व्यक्ति आइतबार कोरोना जीतेर घर फर्र्किएको गढवा स्वास्थ्य शाखा संयोजक कैलास चौधरीले जानकारी दिए। आइतबार मात्रै कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् ।

यसरी निको भएर घर गएकाहरुमा घोराही उपमहानगरपालिका निवासी एक जना, गढवा गाउँपालिका निवासी एक जना, बाँके जिल्ला निवासी पाँच जना, कपिलवस्तु जिल्ला निवासी दुई जना र बर्दिया निवासी एक जनागरी दश जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए।

सबैलाई आइतबार नै सम्बन्धित ठाउँमा पठाइ सकिएको छ। कोरोना विशेष अस्पतालमा ५५ जना उपचाररत रहेको भएपनि अब ४५ जना रहेका छन् । बाँकी सबैको अवस्था सामान्य रहेको छ।

जेठ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्