ट्रम्प संविधान भन्दा धेरै पर गएः पूर्व आर्मी प्रमुख पावेल

अमेरिकाका पूर्व विदेश मन्त्री कोलिन पावेलले रंगभेद विरोधी प्रदर्शनको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व तथा भूमिकाको गम्भीर आलोचना गरेका छन् ।

अमेरिकी आर्मीका पूर्व प्रमुख समेत रहेका पावेलले राष्ट्रपति ट्रम्पका कारण आन्दोलनकारी जोखिममा परेको बताएका हुन् । रिपब्लिकन पावेलले ट्रम्प संविधान भन्दा निकै पर गएको आरोप समेत लगाएका छन् ।

प्रदर्शनप्रति ट्रम्पले गरेको टिप्पणी तथा आर्मी परिचालन गर्ने चेतावनीलाई लिएर पावेलले ट्रम्पको गम्भीर आलोचना गरेका हुन् ।

उनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको पक्षमा मतदान गर्ने पनि बताए ।

राष्ट्रपति ट्रम्पले पावेललेको टिप्पणीको प्रतिक्रियामा उनलाई ‘हाइली भोररेटेड’ अर्थात चाहिने भन्दा बढी चर्चा गरिएका व्यक्तिको शंज्ञा दिएका छन् ।

अमेरिकाको इतिहासमा अहिलेसम्म जोइन्ट चिफ अफ स्टाफको प्रमुखका रुपमा सेवा गर्ने एक मात्र अफ्रिकन अमेरिकन हुन् ।
पछिल्लो समय आर्मीका पूर्व प्रमुखहरुले राष्ट्रपति ट्रम्पको विरोधमा टिप्पणी गर्दै आएका छन् ।

जेठ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्