मिनियापोलस प्रहरी संगठन विगठनको पक्षमा नगर परिषदका बहुमत सदस्य

अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलस नगर परिषदका बहुमत सदस्यले स्थानीय प्रहरी विभाग विघटन गर्नु पर्ने बताएका छन् ।

गएको मे २५ मा स्थानीय प्रहरी अधिकारीको बरबरताका कारण निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको निधन भएको थियो । त्यसपछि अमेरिकासहित विश्वका विभिन्न स्थानमा रंगभेद तथा प्रहरी ज्यादतीविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

सोही क्रममा मिनियापोलस नगर परिषदका बहुमत सदस्यले स्थानीय प्रहरी विभाग विघटनको पक्षमा मत जाहेर गरेका हुन् ।

परिषदका १३ मध्ये ९ सदस्यले कानून कार्यान्वयन गर्ने निकायका अधिकारी नै रंगभेदमा संलग्न भएको अभियोग लागेकाले सार्वजनिक सुरक्षाको नयाँ अवधारण ल्याउनु पर्ने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मेयर ज्याकोब फ्रेयले प्रहरी प्रशासन विघटन गर्ने सम्बन्धी प्रस्तावको विरोध गरेका छन् । तर परिषद सदस्यहरुले भने पुरानो संरचना भत्काएर नयाँ बनाउने पर्ने बताएका हुन् ।

जेठ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्