एमसिसीको विरोधमा प्रदर्शन, प्रहरीको हस्तक्षेप, प्रहरीकाे कुटाईबाट एकजना घाइते (तस्बिरसहित)

काठमाडौँ – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ । युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसिसी खारेजीको माग गर्दै नारा लगाएका छन् । प्रहरी र प्रदर्शनकारीबिच तनावको अवस्था सिर्जना भएको छ । प्रहरीले प्रहार गरेको लाठीका कारण टाउकोमा चोट लागेका एकजनालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

एमसीसीको विरोधमा मंगलकार माइतीघर मण्डलामा प्रदर्शनमा सहभागीलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : बर्षा शाह/देश सञ्चार

प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसिसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार, प्रहरी हस्तक्षेप बन्द गर’ सहितका नारा लगाएका छन् ।

पहिलोपटक झडप भएपछि पुनः प्रदर्शनमा सहभागी भएका प्रदर्शनकारीलाई पुन लाठी प्रहार गरी प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय झण्डासहित उपस्थित भएका प्रदर्शनकारीबाट प्रहरीले झण्डा खोस्न खोजेपछि तनाव भएको हो । फत्राउ गरी भ्यानमा हालेपछि पनि प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरेको थियो ।

एमसीसीको विरोधमा मंगलकार माइतीघर मण्डलामा प्रदर्शनमा सहभागीलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : बर्षा शाह/देश सञ्चार

एमसीसीको विरोधमा मंगलकार माइतीघर मण्डलामा प्रदर्शनमा सहभागीलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : बर्षा शाह/देश सञ्चार

जेठ २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्