अझै ९७ गाउँपालिका बिजुलीबिहनी, अर्को वर्ष पुग्ने

फाइल तस्बिर।

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा विद्युतीकरण हुन बाँकी रहेका देशभरका ९७ वटा गाउँपालिका बिजुली पुर्याउने भएको छ।

ऊर्जा तथा सिंचाइ मन्त्रालयको विनियोजित बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वर्षमान पुनले अर्कोभित्र सबै स्थानीय तहमा बिजुली पुर्याउने बताएका हुन्।

१५ औँ योजनाको आधारपत्रमा ९० प्रतिशत नागरिक बिजुलीको पहुँच पुगेको उल्लेख भए पनि ९७ वटा गाउँपालिकालाई अहिलेसम्म बिजुलीले नछोएको र अर्को वर्ष पुर्‍याउने पुनले जानकारी दिए।

मन्त्री पुनले आगामी आर्थिक वर्षमा १३ सय मेगावटा बिजुली राष्ट्रिय ग्रिडमा थपिने जानकरी दिए। गत वर्ष १३ सय ५० मेगावाट माग भए पनि अहिले लक डाउनका कारण ११ सयमा झरेको छ।

अर्को वर्ष बिजुली थपिएपछि प्रतिरात तीन सय मेगावट बिजुली खेर जाने जानकारी दिए। उनले भने, ‘अर्को वर्षदेखि वर्षाको समयमा रातमा दुई करोडको बिजुली खेर जानेछ। त्यसलाई निर्यात गर्न अन्तराष्ट्रिय प्रशासरण लाइन बनाउन आवश्यक छ।’

मन्त्री पुनले बिजुलीको खपत बढाउन आग्रह गरे।

जेठ २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्