कालिकोट दुर्घटनाः २७ जना सम्पर्कमा, ६ बेपत्ता

सांकेतिक तस्बिर।

काठमाडौँ –  (अपडेट) कालिकोटमा बुधबार बिहान भएको टिप्पर दुर्घटनामा अहिलेसम्म दुईजनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले दुईजनाको शव भेटिएको र ६ जना बेपत्ता रहेको जानकारी दिए ।

उनले टिप्परमा रहेका २७ जना दुर्घटनापछि सम्पर्कमा आइसकेको बताए । पाँचजना घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको छ । घाइते मध्ये चारजनाको अवस्था गम्भीर हरेको पन्तले बताए ।

टिप्परमा रहेका सबै राजकोट नगरपालिका हुन् । भारतबाट आएर उनीहरुलाई दहिखोलाबाट राजकाेट नगरपालिकाको क्वारेन्टिनमा राख्न लैजाने क्रममा दुर्घटना भएको हो ।

जेठ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्