संविधान संशोधन विधेयक राष्ट्रियसभामा टेबुल

तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ –  राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गरेका थिए ।

यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गरेका छन् ।

प्रतिनिधिसभाबाट सूचनासहित आएको विधेयकमाथि आइतबार नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिने तयारी रहेको छ ।

७२ घण्टाको समय सकिएपछि राष्ट्रियसभाले पनि तुरुन्तै विधेयक पारित गर्ने तयारी गरिएको सत्तापक्षका राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए । राष्ट्रियसभामा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

जेष्ठ ३२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू