
मर्दै अनि बाँच्दै गरेको एउटा युवकको सपना ॥ Ghanashyam Bista
स्वास्थ्यले साथ नदिए के गर्ने? रोग निको पार्न संकलन गरिएको चन्दा पनि सकिए, अर्को विकल्प के? यस्तै दुविधाको भूमरीमा परेका छन्- सुर्खेत भेरीगंगा–८ का १९ वर्षीय युवा घनश्याम विष्ट। चिकित्सक बन्ने र गरिबको सेवा गर्ने सानैमा देखेको सपना पूरा गर्ने उनको अठोट असीमित छ। अझै जीवन्त छ।