काठमाडौँ – एमसिसी खारेज गर्न माग गर्दै ललितपुरको पाटनमा पनि प्रदर्शन भएको छ । सोमबार दिउँसो हाम्रो नेपाल हामी नेपालीको ब्यानरमा पाटनको सुन्धारा क्षेत्रका स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रघाती एमसिसी खारेज गर, लुटतन्त्र मान्दैनौँ, भ्रष्टाचारी सरकार मुर्दावाद लेखिएका प्लेकार्ड बोकेका थिए ।

पछिल्ला दिनहरुमा एमसिसीविरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । तर सरकारले एमसीसी सम्झौता खारेज गर्न नसकिने बताइरहेको छ ।