राप्ती नदीमा ट्याक्टर खस्यो, दुई बेपत्ता

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २, अगैयास्थित राप्ती नदीमा ट्याक्टर खसेको छ ।

बैजापुरतिरबाट आउदै गरेको ना ७ त ५१८ नम्बरको ट्याक्टर राप्तीपुलबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज कुलदिप चन्दले बताए।

कुसुममा काममा जान थालेको ट्याक्टर रित्तो थियो । राप्ती नदीको पुलमा अनियन्त्रित भई रेलिङ भाँचेर ट्याक्टर नदीमा खसेको छ ।

ट्याक्टरमा तीन जना रहेकोमा दुई जना बेपत्ता भएका छन् । एकजना ऋषि विक बाहिर निस्किएका छन्।

ट्याक्टर चालक सुनिल थारु र अर्का एकजना बेपत्ता भएको घटनास्थलमा पुगेको कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर बेपत्ताको खोजी थालेका छन् । नदीमा ट्याक्टरसमेत देखिएको छैन।

असार १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्