प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड, घट्यो सांसद विकास कोषको पैसा

फाइल तस्बिर

विराटनगर प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सोमबार सार्वजनिक गरेको छ।

सोमबार प्रदेश सभा भवन विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालुतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ।

वित्तीय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ। अन्तरसरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ।

उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजारराजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाखअनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ।

गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो।

कृषि तथा पशुपालनमा ३ अर्ब ८३ करोड रुपैयाँ

प्रदेश १ सरकारले कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरेको छ।

सोमबार प्रदेश १ को प्रदेश सभामा प्रस्तुत बजेटमा कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट छुट्याइएको आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले जानकारी दिए।

पहाडी क्षेत्रलाई माटो सुधारमुख्य खाद्यान्न वाली मकैगहुँधानको उत्पादकत्व बढाउनका लागि उन्नत मल बिउको उत्पादन प्रबर्द्धन गरिनेकृषिमा व्यक्तिलाई अनुदान रकमलाई निरुत्साहित गर्दै समुदाय र सहकारीमा आधारित कृषि कार्यक्रमलाई प्राथमिकता दिने बजेटमा उल्लेख छ।

प्रदेशलाई अर्ग्यानिक बनाउन ९ करोड ८४ लाख बजेट छुट्याइएको छ भने धूलो दूध कारखानाका लागि १३ करोडकृषि यान्त्रिकीरणका लागि साना कृषि यन्त्रहरु उपलब्ध गराउन ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

घट्यो सांसद विकास कोषको पैसा

प्रदेश १ सरकारले प्रदेश सांसदहरुमार्फत खर्च गर्ने सांसद विकास कोषको बजेट घटाएको छ।

प्रदेश सरकारले सांसद विकास कोष भनेर चिनिने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट घटाएको हो।

गत साल २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि २ करोड छुट्याइएको छ। चालु आर्थिक वर्षमा ९३ जना प्रदेशसभा सदस्यहरुमार्फत खर्च हुने ५० लाख रुपैयाँ दरको कार्यक्रम बजेट बक्तव्यमा समावेश छैन।

आर्थिक बृद्धिदर ३.४१ प्रतिशत

आगामी आर्थिक वर्षमा प्रदेश १ सरकारले आर्थिक वृद्धि ३ दशमलव ४१ प्रतिशत हासिल गर्ने अनुमान गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले विभिन्न सूचक र आर्थिक सर्वेक्षण उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशको समग्र अवस्था चित्रण गरेको बताए।

संघीय सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरिरहेको बेला प्रदेश १ को आर्थिक वृद्धिदर भने ३ दशमलव ४१ हुने अनुमान गरिएको छ।

मेची अस्पतालको स्तर बृद्धि गरिने

प्रदेश १ सरकारले झापाको भद्रपुरमा रहेको मेची अस्पतालको स्तर बृद्धिका लागि २३ करोड रुपैयाँ बिनियोजन गरेको छ।

उक्त अस्पतालमा सिटि स्क्यान मेसिन पनि जडान गरिने मन्त्री आङ्बोले जानकारी दिए। अन्य भौतिक पूर्वाधार निर्माण पनि सम्पन्न गरिने उनले बताए।

भ्यान्टिलेटरसहितको सघन उपचार कक्ष तथा हेमोडायलासिस सेवा पनि बृद्धि गरिने बजेटमा व्यवस्था गरिएको छ।

कोभिड१९ उपचार केन्द्रलाई सरुवा रोग अस्पताल बनाइने

प्रदेश १ सरकारले कोशी अस्पताल विराटनगरमा रहेको कोभिड-१९ उपचार केन्द्रलाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने भएको छ।

सोमबार नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले उक्त घोषणा गरेका हुन्।

सरुवा रोग अस्पताल बनाउन ५० करोड रुपैयाँ बिनियोजन गरिएको उनले जानकारी दिए।

असार १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्