चीनसँगको भिडन्तमा मारिने भारतीय २० सैनिकमध्‍ये सबैभन्दा धेरै बिहार रिजिमेन्ट

एजेन्सी- भारत-चीन सैनिकबीच सोमबार राति लद्दाखको गलवान उपत्यकामा मारिएका २० भारतीय जवानमध्‍ये सबैभन्दा धेरै बिहार राज्‍यका रिजिमेन्टका छन्। बिहारबाट १३ जवान मारिएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन्। मारिएका एकजना १३ विहार रिजिमेन्ट तथा बाँकी १६ बिहार रिजिमेन्टका छन्।

यस्तै कमाण्डिङ अफिसर कर्नेल सन्तोष बाबु पनि १६ विहार रेजिमेन्टबाट रहेका छन्।

भारतीय सञ्‍चार माध्‍यमका अनुसार १६ विहार रेजिमेन्टबाट १२ जना मारिएका छन् भने ३ पञ्‍जाब रेजिमेन्टबाट ३ जना मारिएका छन्। यस्तै ३ मिडियम रेजिमेन्टबाट १ जना, १२ विहार रेजिमेन्टबाट एक जना, ८१ माउण्ट ब्रिगेट सिग्नल कम्पनीबाट एकजना र ८१ फिल्ट रेजिमेन्टबाट एकजना भारतीय सैनिक मारिएका छन्।

१६ विहार रेजिमेन्टबट मारिनेहरुमा सिपाही कुन्दन कुमार (सारसा, विहार), सिपाही अमन कुमार (समस्तीपुर, विहार), दीपक कुमार (रीवा, मध्‍यप्रदेश), सिपाही चन्दन कुमार (भोजपुर,विहार), सिपाही गणेश कुंजाम (सिंहभूम, पश्चिम बंगाल), सिपाही गणेश राम (कांकेर, छत्तीसगढ), सिपाही केके ओझा (साहिबगंज, झारखंड), सिपाही राजेश ओरांव ( बीरभूम, पश्चिम बंगाल), सिपाही सीके प्रधान (कंधमाल, ओडिशा),नायब सूबेदार नंदूराम (मयूरभंज, ओडिशा),हवलदार सुनील कुमार ( पटना, बिहार),कर्नल बी. संतोष बाबू (हैदराबाद, तेलंगाना) रहेका छन्।

यस्तै ३ पञ्जाब रेजिमेन्टबाट ३जना सैनिकहरु मारिएका छन्। मारिनेहरुमा सिपाही गुरतेज सिंह (मनसा, पंजाब), सिपाही अंकुश (हमीरपुर, हिमाचल प्रदेश) र
सिपाही गुरविंदर सिंह (संगरूर, पंजाब) रहेका छन्।

यस्तै ३ मीडियम रेजिमेंटका दुईजना सैनिकहरु नायब सूबेदार सतनाम सिंह (गुरदासपुर, पंजाब) र नायब सूबेदार मनदीप सिंह (पटियाला, पंजाब)रहेका छन्।

त्यसैगरी १२ बिहार रेजिमेंटका एक जना सैनिक जयकिशोर सिंह (वैशाली, बिहार) रहेका छन् भने ८१ माउंट बिग्रेड सिग्नल कंपनीका एक सैनिक
हवलदार बिपुल राय (मेरठ, उत्तरप्रदेश) मारिएका छन्। यस्तै ८१ फिल्ड रेजिमेन्टका एक सैनिक हवलदार के. पालानी (मदुरै, तमिलनाडु)का मारिएका छन्।

असार ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्