हो, नेपालीको इम्युनिटी बलियो नै छ!!

रुघाखोकी, फ्लूजस्तो संक्रमण हुँदा तपाईँ के उपाय गर्नुहुन्छ? वर्षमा १-२ पटक सामान्यतया: सबैलाई नै यस संक्रमणसँग साक्षात्कार गर्नु पर्ने हुन्छ।

यसबारे उखान नै प्रचलित छ, रुघा खोकीको संक्रमण हुँदा औषधि सेवनले ७ दिनमा निको हुन्छ भने औषधि सेवन नगरी घरेलु वैकल्पिक उपायतिर लाग्दा एक सातामा संक्रमणबाट उन्मुक्ति पाइन्छ।

सामान्यतया: रुघा खोकीको संक्रमण हुँदा औषधिको बाटो रोज्नेहरुले पनि डाक्टरसँग नभेटी नै विभिन्न ‘प्याथी’का औषधि आफै ख़ुशी किनी सेवन गर्छन् र यो उपाय अबलम्बन गर्नेहरु मध्ये ९५ प्रतिशतभन्दा माथिका व्यक्ति यसै विधिबाट स्वास्थ्य लाभ गर्छन्।

औषधिमूलोको बाटो नरोज्नेहरुले विभिन्न घरायसी उपाय प्रयोगमा ल्याई आफ्नो उपचार स्वयं गर्छन्। यस विधिबाट पनि ९५ प्रतिशत भन्दा बढ़ी व्यक्तिले संक्रमण नियंत्रित गरी स्वास्थ्य लाभ प्राप्त गर्छन्।

तर झण्डै ५ प्रतिशत केसमा भने न औषधिले काम गर्छ, न घरायसी उपायले काम गर्छ। यिनीहरुले विभिन्न डाक्टर वा विशेषज्ञसम्म पुग्नु पर्ने हुन्छ। ‘एन्टिबायोटिक’ सम्म पनि लिने अवस्था आउँछ, केहीलाई सघन चिकित्साकै आवश्यकता पर्छ। शरीरमा पहिलादेखि कुनै गम्भीर किसिमको रोग छ भने प्राणान्त हुनेसम्मको जोखिम हुन्छ। कतिपय विकसित देशमा ‘सिजनेबल फ्लू’ बाट हुने वार्षिक मृत्युको तथ्यांक पनि उपलब्ध छ।

फ्लू संक्रमणका यति धेरै रूप किन?

कोहीलाई तातोपानी, कागती, तुलसी, मरिच, अदुवा, बेसार आदिको काढा, विभिन्न किसिमका झारपात ,जड़ीबूटी, ‘इनहालिनेसन’, अल्कोहल, कस्तूरी, होम्योपैथीका अति ‘डाइल्यूट’ तरल, मुलेठी लगायत आदि आदि एवं सिटामोल, विभिन्न ‘एन्टिपायरेटिक’ जस्ता सामान्य आफूखुशी गरिने सहज उपलब्ध हुने उपचारले नै लाभ हुन्छ । केही केहीलाई कडा खाले ‘एन्टिबायटिक’ नै चाहिन्छ संक्रमणबाट मुक्त हुनलाई, र कसैकसैले भने मृत्युवरणको चरणसम्म पनि पुग्नु पर्नेहुन्छ। आखिर एउटै ख़ाले संक्रमणमा यत्रो विभेद किन?

प्रम ओली र विश्वसनीयता!

शायद गरिमामय संसदमै हो, सदस्य गगन थापाज्यूले प्रश्न गर्नु भयो- कसले भन्यो नेपालीको ‘इम्युनिटी पावर’ बलियो हुन्छ?

प्रसंग अगाडि बढाउनु भन्दा पहिला सबैजनाले सुनेकै एउटा कथा स्मृतिमा आयो। कुनै एउटा केटो बाघ आयो, बाघ आयो भनेर सधैँ गाउले हरुलाई झुक्याउने गर्थ्यो। एक दिन साँच्चै नै बाघ आयो, केटा सँधैजसरी चिच्यायो तर पूर्वमा अनेकौँपटक भएको ठगी प्रकरणले गर्दा यसपटक कोही पनि गाउँलेले उसको चिच्याहटमा पत्यार गरेन, परिणाम…

गगन थापाको प्रश्नको उत्तर दिदै सम्माननीय प्रधानमन्त्रीले भन्नुभयो- एकजना सदस्यले सोध्नु भयो ,नेपालीको ‘इम्युनिटी पावर ‘ बलियो हुन्छ कसले भन्यो?

टुक्के शैलीका लागि ख्याति कमाएका प्रमले यसै शैलीमा प्रत्युत्तर दिनु भयो – मैले नै भनेको हो नेपालीको ‘इम्युनिटी पावर’ बलियो हुन्छ, अघि भर्खर मात्रै भनेको हुँ। उहाँको उडन्ते अभिव्यक्तिमा उहाँ पक्षीय सदस्यले टेबल पड्काए। सम्पूर्ण मुलुकले भने उहाँको कुरा उहाँले गर्ने गरेको टुक्के कुराझैँ लियो। कुरा विश्वसनीयताकै आउँछ। विश्वास गुमाई सकेको केटाले बाघ आयो भनेर सत्य सम्भाषण गर्दा पनि कसैलाइ पत्यार लागेन। त्यही हविगत हाम्रा प्रमले मात्रै होइन, अधिकांश नेताज्युले भोग्नु परिरहेको यथार्थ सबैसामु छर्लङ्ग छ।

के नेपालीको ‘इम्युनिटी पावर’ साँच्चै नै बलियो छ?

प्रमले नेपालीको ‘इम्युनिटी पावर’ बलियो छ, यसका पछाडि निहित अनेको कारण पनि खुलाउनु भएको थियो, उहाँका यस विषयक सबै भनाइ दुरुस्त थिए र छन् तर के गर्नु कुरा विशवस्नीयताकै हुँदो रहेछ!

जब म प्रमकै विशवस्नीयताबारे प्रश्न गरिरहेको छु, सन्देह खडा गरिरहेको छु भने विश्वस्नीयताको आधार खड़ा नगरी मैले पनि उहाँजस्तै नेपालीको ‘इम्युनिटी’ बलियो हुन्छ भन्दैमा कसैले पत्याइ दिने अपेक्षा राख्नु हुन्न। तथ्यात्मक ढंगले आफ्नो कुरा राख्ने प्रयास गर्छु।

गगनजी, तपाईको घरको जुन भान्सा छ नि यदि त्यहाँ नेपाली शैलीकै खानपान पद्धति विद्यमान छ भने त्यहाँ बेसार, मेथी, धनियाँ, जीरा, तिल, तोरी, बिरेनून, तेजपात, ल्वाङ, मरिच, टिम्मुर, ज्वानो, हिङ, दालचीनी लगायतका पचासौँ मर मसला हुन्छन्।

विश्वव्यापी तथ्य के हो?

आज आसार ३ गते बुधवार, योगिनी एकादशीको बेलुका ७ बजेर ४८ मिनट जाँदा विश्वमा कोरोना संक्रमितको संख्या ८२,९९,३८९ पुगेको छ। संक्रमणले छोएका ४,४६,९२९ जनाले मृत्युवरण गरेको तथ्यांक छ। यस तथ्यांकमा २० जना नेपाली पनि सम्मिलित छन्।

कोरोनाबाट मृत्युवरण गर्नेको विश्वव्यापी प्रतिशत ५ दशमलब ३८५ रहेको छ । देशगत हिसाबले अध्ययन गर्दा फ़्रांसमा कोरोनाबाट हुने मृत्युदर १८ दशमलब ७३ ( १,५७,७१६ /२९,५४७), बेल्जियममा १६ (६०,२४४ /९,६७५ ), इटालीमा १४ दशमलब ४८ (२,३७,५०० /३४,४० ), इंगलैन्डमा १४ दशमलब ०७ (२,९८,१३६ /४१,९६९),मेक्सिकोमा ११ दशमलब ८२ (१,५४,८६३ /१८,३१०), स्पेनमा ९ दशमलब ३१ (२,९१,४०८ /२७,१३६ ) क्यानडामा ८ दशमलब २५ (९९,४६७ /८,२१३ ) ,अमेरिकामा ५ दशमलब ३९ (२२,०९,२६० /१,१९,१६१ ) र ब्राजीलमा ४ दशमलब ८९ (९,२९,१४९ /४५,४६७ ) प्रतिशत रहेको छ।

स्मरण रहोस यी देशहरुमा यातायातदेखि लिएर स्वास्थ्य सेवासंग सम्बंधित सबैभन्दा उत्तम व्यवस्था उपलब्ध छ।

यसैगरी भारतमा कोरोनाबाट हुने मृत्युदर ३ दशमलब ३५ (३,५६,३७२ /११,९५४),पाकिस्तानमा १ दशमलब ९२ (१,५४,७६०/२,९७५), अफगानिस्तानमा १ दशमलब ८७ ( २६,८७४ /५०४ ), बांग्लादेशमा १ दशमलब ३२ (९८,४८९ /१,३०५ ) भूटानमा ० (६७ /० ) र नेपालमा ० दशमलब ०२ (७,१७७ /२० ) रहेको छ।

विकसित, संपन्न, उन्नत आदि यावत दृष्टिकोणले उत्तम रहेका अमेरिका र यूरोपेली देश बाहेक कुनै पनि देशमा कोरोनाबाट हुने मृत्युदर २-३ प्रतिशतभन्दा माथि रहेको छैन।

३०-४० करोड़ प्रवासी मजदुर रहेको, यातायातदेखि स्वास्थ्य सेवा अत्यन्त कमजोर अवस्थामा रहेको भारतमा कोरोनाको मृत्युदर ३ दशमलब ३५ प्रतिशत हुनु अस्वाभाविक होइन।

उपरोक्त तथ्यांकले के प्रमाणित गर्छ भने नेपालीको मात्रै होइन विकसित र सुविधासमपन्न देश बाहेक गरीब र अविकसित देशका जनताको ”इम्युनिटी पावर” बलियो रहेको छ। यसो हुनुमा दैनिक खानपान त कारण हो नै, उनीहरुले बाँच्नका लागि गर्ने गरेको दैनिक संघर्ष, उनीहरुको जीवनशैली आदि पनि प्रमुख कारणका रूपमा रहेका छन्।

गगनजी, तपाईको घरको जुन भान्सा छ नि यदि त्यहाँ नेपाली शैलीकै खानपान पद्धति विद्यमान छ भने त्यहाँ बेसार, मेथी, धनियाँ, जीरा, तिल, तोरी, बिरेनून, तेजपात, ल्वाङ, मरिच, टिम्मुर, ज्वानो, हिङ, दालचीनी लगायतका पचासौँ मर मसला हुन्छन्। यी सबै नै शरीरलाई विभिन्न प्रकारले पोषण दिने जिनिस हुन्। अधिकांश नेपाली महिलालाई थाहा छ, कुन कुरा पकाउँदा कुन मसला प्रयोग गरिन्छ। ‘इम्युनिटी पावर’ एक दिनमा केही विशेष कुरा खाँदा ह्वात्तै बढ़ने कुरा होइन, यो त जीवनशैलीकै निष्पत्ति हो।

कोरोनाको उपाय के ?

भर्खरै रूसको दावी आएको छ उसले एउटा जापानी औषधिमा केही परिवर्तन गरेर कोरोनाको औषधि पत्ता लाएको छ। यस ‘एंटीभाइरल’ औषधिको नाम अभीफेभिर (avifavir ) राखिएको छ। रूस सरकारले देशमा यसको प्रयोग गर्ने अनुमति दिएको छ। कैयन मुलुकले कोरोना विरुद्धको भ्याक्सिन विकसित एवं परीक्षण समपन्न गरेको र करोडौँको संख्यामा विभिन्न देशबाट भ्याक्सिन खरीदको आर्डर प्राप्त भएको समाचार तपाईले पनि पढ्नु भयो होला। ‘एंटीबड़ी’ ‘,प्लॉजमा थेरापी’ लगायत हाइड्रॉक्सीक्लोरोक्वीन, रेमडेसियर आदि औषधिको प्रयोग भइरहेको सर्वविदित नै छ।

भारतका योग प्रशिक्षक रामदेवजीको संस्था पतंजलि आयुर्वेदले पनि कोरोना विरुद्धको सफल औषधि निर्माण गरेको समाचार प्रकाशित भइसकेको छ। यस सम्बन्धमा पतंजलि संस्थानले ‘पारम्परिक भारतीय आयुर्वेद चिकित्सा पद्धतिद्वारा कोरोना भाइरस संक्रमणको प्रभावी उपचार ‘ नमक शोधपत्र तैयार गरेर अमेरिकी- जर्मन एकेडमिक पब्लिशिंग कंपनी ‘स्प्रिंग नेचर’ (spring nature ) को शोध पत्रिका भाइरोलॉजी जर्नलमा प्रकाशन हेतु पठाएको छ। पतंजलिले यो औषधि अश्वगंधा ,गिलोय र तुलसीको सम्मिश्रणबाट तयार पारेको हो।

काठमान्डू सिनामंगल स्थित पाथिभरा आयुर्वेद केंद्रका डाक्टर बीपी तिमिल्सिनाले अनेकौँ कोरोना बिरामी निको पारेको बताउनुभएको छ। उहाँले यसबाट जोगिन एउटा काढा नै यूट्यूब मार्फ़त सार्वजनिक गर्नु भएको छ।

होम्योपैथले आर्सेनिक -३० लगायतका औषधिले कोरोनाको उपचार गर्न सकिने तथ्य प्रकाशमा ल्याएको छ।

कोरोनाबाट जोगिन जुन उपाय प्रचारित र प्रयोगमा ल्याइएका छन्- हात धोइरहने, मास्क लाउने, ‘सोसल डिस्ट्यान्सिङ’ कायम गर्ने आदि, यी सबैले कोरोनालाइ झनै अजंगको प्रेत बनाएका छन्। मानिसको मनमा यसको त्रास प्रगाढ बनाइरहेका छन्। यो सब नौटंकी बन्द गरिनु आवश्यक छ। मानिसले कोरोनाको मुकाबिला गर्न मानसिक रूपमा तत्पर हुनुपर्छ। याद गर्नुस् कुनै पनि चमत्कार वा विज्ञानले कोरोना भाइरस समाप्त हुँदैन। रुघा खोकीको भाइरसझैँ यो पृथ्वीको सदस्य बनी रहिरहने छ। सामान्य रुघा खोकीको भाइरसभन्दा बढ़ी महत्व दिनु नै यसलाई शक्ति प्रदान गर्नु र आफूलाई मानसिक रूपमा कमजोर बनाउनु हो।

कोरोनाबाट जोगिन र भइहालेमा यसलाइ नियन्त्रित गर्न तपाईको भान्सा नै पर्याप्त छ। बेसार मिश्रित दूधले तपाईलाइ यसबाट पूर्ण सुरक्षित राख्छ। रुघा लाग्दा तपाईँ जुन जुन उपाय गर्नुहुन्छ, ती सबै उपाय कोरोना भाइरस संक्रमण विरुद्ध प्रभावी छन्। तातोपानी, ‘इनहालिनेसन’, विभिन्न प्रकारका काढा, रम, ब्रान्डी आदि जस्ता उपायले ९५ प्रतिशतको संक्रमण घरमै बसी निको हुन्छ।

यी उपायले निको नहुने मानिसले मात्रै अस्पताल धाउने हो। अस्पतालमै परीक्षणबाट कोरोना भएको /नभएको पुष्टि हुन्छ। यसभन्दा पहिला परीक्षण आवश्यक छैन। ‘ट्रेसिङ’ र ‘टेस्टिङ’को नारा, सरकारको समृद्धिको नाराझैँ बुझ्नुपर्छ।

पत्याउनु/नपत्याउनु व्यक्तिगत स्वतन्त्रताको कुरा हो, तर एकपटक यस तथ्यांकलाई गहिरिएर मनन गर्नुस्। विश्वमा संक्रमण लागेका मध्ये ४३,५२,२८२ जना अर्थात ५२ दशमलब ४४ प्रतिशत मानिस निको भएका छन्। निको भएका मध्ये ५ प्रतिशतलाई नै मानौँ- संक्रमणले गम्भीर अवस्थामा पुर्‍यायो। संख्या हुन आउँछ २,१७,६१४। यति जनाले ‘आइसियु’ र ‘भेन्टिलेटर’ सम्म पुग्नुपर्‍यो । अक्सिजनबाहेक यी रोगीलाई संक्रमणमुक्त बनाउन के औषधि दिइयो? संक्रमणका कारण निमोनिया भए निमोनियाको औषधि दिइयो होला, अन्य कुनै अंगमा विकार भए तत्सम्बन्धी औषधि दिइयो होला। भाइरस मार्ने त कुनै औषधि छैन। यी ४३ लाख व्यक्ति आफ्नै ‘इम्युनिटी पावर’ले निर्माण गरेको ‘एंटीबड़ी’ले स्वस्थ भएका हुन्।

म कट्टर हिन्दूधर्मी हुँ। गाईलाई अति आदर सम्मान गर्ने परम्पराको वाहक हुँ। कोरोनाबाट जोगिन गाईको सेवा गर्ने अवसर नभए पनि संगत गर्ने मौका छाड्दिन। तपाईँले पनि यदि गाईलाई केही ख्वाउने / केही मिनट गाईको छेउमा उभ्भिने अवसर पाइन्छ भने नछाड्नु होला। यसले तपाईँलाई कोरोना भाइरसले घेरे पनि यसको संक्रमण गम्भीर अवस्थासम्म पुग्न दिँदैन।

यो वर्षको अन्तसम्म कोरोना उत्कर्षमा पुग्छ। लाखौँ होइन, करोडौँ मानिस संक्रमणको चपेटामा आउनसक्नेछन्। नेपालले गरेको ‘लकडाउन’ को भूमिका के रह्यो?

‘लकडाउन’ प्रारम्भ हुँदा २-४ जना संक्रमित रहेकोमा आखिर यो संख्या हज़ारौँमा पुग्यो। अहिले पनि सरकारको आँखा खुलेका छैनन्। जोर बिजोरको नौटंकी जारी छ, बाइकमा एकजना मात्रै चढ्न पाउँछ। यो देशका नेता मात्रै होइन, ब्यूरोक्रेट पनि नेताहरुका साख्य भाइ रहेछन्। एक घरमा बस्ने दुईजना घरमा बस्दा केही नहुने तर बाइकमा सँगै चढ़े भने तुरुन्तै कोरोना संक्रमित भइहाल्छन! वाह देशका बुद्धिजीवी!! तिमीहरु कति दिन देशलाई बन्धकी राखेर आफू मोटाउने, देशलाई जर्जर बनाउने र जनतालाई आत्महत्याको संघारमा पुर्‍याउने निकृष्टता गरिरहन्छौँ?

असार ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्