फोटो फिचर

प्रधानमन्त्रीको बेसार वक्तव्यविरुद्ध सडकमा सुतेर प्रदर्शन (तस्बिरहरु)

फाेटाे फिचर

काठमाडौँ – नागरिकको हितमा सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा काठमाडौँमा युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका छन् ।

युवाहरुले शनिबार बिहान काठमाडौँको शहीद गेटमा सुतेर प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार तथा सरकारले त्यसप्रति गरेको अनदेखीको विरोधमा प्लेकार्ड बाकेका थिए ।

राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने प्रधानमन्त्री ओलीको भनाईको पनि उनीहरुले आलोचना गर्दै प्लेकार्ड बोकेका थिए ।

पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लाजको कुरा रहेको प्रदर्शनकारीले बताएका छन् ।

प्रदर्शनकारीले आन्दोलन सकिएपछि राष्ट्रियगान बजाएका थिए, प्रहरीले पनि उभिएर राष्ट्रिय गानप्रति सम्मान प्रकट गरे ।