अन्तर्राष्ट्रिय योग दिवस

घरकै कौशीमा विशेष योगा(तस्बिरहरु)

कौशीमा योगा गर्दै नयाँ नैकापमा रहेको पतञ्जली योग समितिका योगा प्रशिक्षकहरु । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – अन्तर्राष्ट्रिय योग दिवस आइतबार योग सम्बन्धी विविध कार्यक्रम गरी मनाईँदै छ ।

कोरोना भाइरसको महामारीबाट जोगिनका लागि सामाजिक दूरीसहितका नियमहरु पालना गर्नु पर्ने भएकाले सार्वजनिक रुपमा धेरै मानिस भेला भएर योग गरिएको छैन ।

तर विभिन्न संस्था तथा समूहहरुले सीमित व्यक्ति भेला भएर घरकै कौशी तथा चउरमा विशेष योगा गरेका छन् ।

सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि विश्वभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ ।

काठमाडौँको नयाँ नैकापमा रहेको पतञ्जली योग समिति नेपालका योग प्रशिक्षकहरुले आइतबार बिहान कौशीमा विशेष योगा गरेर दिवस मनाएका छन् ।

समितिका सदस्यहरु मिलेर कौशीमा योगा गरेको पतञ्जली योग समितिकी योगा प्रशिक्षक पशुपति गिरीले देश सञ्चारलाई जानकारी दिइन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले योग गुरुहरुले कौशीमा गरेको विशेष योगाका केही तस्बिरहरु खिचेका छन् ।

असार ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू