‘लकडाउनले धान रोप्ने अवसर जुरायो’

दाङ-कृतन शर्मालाई धान रोप्न खेतमा पस्ने पहिलो पल्ट अवसर जुर्‍यो। यो भन्दा अघिल्ला बर्ष उनी धान रोप्ने दिन विद्यालयमै हुन्थिन। तर, यसपालि कोरोना काइरसका कारण उनको विद्यालय खुलेको छैन्।

उनलाइ कोरोनाले नयाँ अवसर जुराईदियो, धान रोप्ने।‘अहिले लकडाउनको बेला खासै काम छैन्। तर, घरमा मम्मि, बाबालाई सघाउने गरेको छु। खेतवारीको काममा दिनहरु वित्ने गरेका छन्’उनले भनिन्–‘धान रोप्दा हिलो मिलाउने, बिउँ गोड्ने, दाइहरु संग हिंगा लगाउने काम गरें।’

किसानको दुःख उनले यसपालिको लकडाउनमा नजिक बाट बुझ्ने मौका पाइन्।‘मेरो धान रोप्ने त पहिलो अनुभव हो। लकडाउनले खेतवारीमा काम गर्ने अवसर दियो’उनले भनिन्–‘किसानहरुले धेरै मेहनत गर्नुहुन्छ। धान रोपेर भित्र्याउनुपर्छ। किसानको दुःख बुझें।’ दिक्षा थापा मगर रोपारालाई धानको बिउँ पुर्‍याउन व्यस्त थिइन्।

‘यो लकडाउनले गर्दा मम्मि, बबाबा लाई खेतमा सहयोग गर्ने अवसर पाएँ। मैले पनि नयाँ कुरा सिक्न पाएँ’उनले भनिन्–‘लकडाउन नभईदिएको भए यतिबेला हामी स्कुलमा हु्न्थ्यौं। अहिले धान खेतमा छौं।’

दिक्षासँगै पूर्णीमा शाह ठकुरी पनि धान रोप्न सहयोग पुर्‍याउन खेतमै पुगिन्। दुबै जना मिलेर धानको व्याड पुर्‍याउने, हिलो मिलाउने समेत काम गरे।‘स्कुल छुट्टी भएकाले मम्मिहरुलाई सघाउन आएको हुँ’उनले भनिन्–‘ पहिला यसरी धान रोपेको थिएन। अहिले रोप्ने अवसर मिल्यो।’

अहिलेको समय भनेको धान खेतीको हो। पानी परेकाले यस बर्ष दाङ देउखुरीमा धान खेती समयमै सुरु भएको छ। विद्यालय जानुपर्ने किशोर किशोरी अहिले घरमै छन्।

लकडाउनले गर्दा विद्यालय खुलेका छैनन्। त्यसैले घरमा रहेका किशोर किशोरी परिवारका अन्य सदस्य संगै खेतमा धान रोप्न व्यस्त छन्। यो लकडाउनमा घर परिवारका सदस्य संग धेरै समय विताउने अवसर किशोर किशोरीले पाएका छन्।

परिवारका सदस्यसँग विताउदा, संगै धान खेतमा काम गर्दा नयाँ अनुभव संगाल्न पाएका छन्। समयमै पानी परेकाले अहिले किसान र उनका परिवारका सदस्य धान खेतमा व्यस्त छन्। बर्षभरी खाने अन्न फलाउन खेतमा आफ्नो परिश्रम खर्च गरिरहेका हुन।

पोहर साल भन्दा यस बर्ष आकाशबाट पानी समयमै पर्‍यो। जसले गर्दा किसानलाई धान खेत रोप्न हतारो गरायो। असार १५ नआउदै किसानले धान रोपेर सक्ने तयारी गरेका छन्।

असार ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्