आइएमएसले भित्र्यायो ड्रीमबेबीका सामानहरू

काठमाडौँ-अष्ट्रेलियाको बेबी ब्राण्ड ड्रिमबेबी आइएमएस लिटिल स्माइस कम्पनीले नेपाली बजारमा भित्र्याएको छ।

कम्पनीले विज्ञप्तिमार्फत ड्रीमबेबीका सामानहरू नेपाल भित्र्याएको जानकारी दिएको हो।

उक्त सामानहरु विशेष बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

ड्रीमबेबीको सामानहरुःगेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल रहेको कम्पनीको विज्ञप्तीमा उल्लेख छ।

उक्त ब्राण्डका सामानहरु आइएमएस लिटिल स्माइल्सको शोरुम, सिटी सेन्टर, अनलाइन स्मार्ट डोकोमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा बेबी ब्राण्ढडका सामानहरूमा १०प्रतिशत छुट दिइनेछ।

यस्तै ग्राहकहरूले पाँच हजार सो भन्दा बढीको सामानखरिद गरेमा डाक्टर ब्राउनको ९८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

असार ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्