काठमाडौँ- काठमाडौँ महानगरपालिकाको सौन्दर्यीकरणका लागि महानगरले सहरभित्रका प्रमुख स्थानहरुमा बत्ती बाल्ने योजना बनाएको छ।

सोही योजना अन्तर्गत आइतबार बेलुका परीक्षणका रुपमा माइतीघर मण्डलामा बत्ती बालिएको महानगरका प्रमुख प्रशाकीय अधिकृत एकनारायण अर्यालले जानकारी दिए।

सबै तिरबाट राम्रो प्रतिक्रिया आएमा महानगर भित्रका प्रमुख स्थानहरुमा सौन्दर्यीकरणका लागि यसरी नै बत्ती बालिने उनले बताए ।

माइतीघरमा आइतबार बेलुका परीक्षणका रुपमा बत्ती बालिएको हो ।

‘प्रतिक्रिया राम्रो आएमा महानगरलाई सुन्दर बनाउन प्रमुख स्थानहरुमा आउँदा दिनमा यस्तै उज्यालो पारिने छ,’ उनले भने।