महामारीका बेला यात्रा गर्दा यी सावधानी अपना‍औँ

नेपालमा लकडाउनका खुकुलो भएसँगै कोरोनाका बिरामी पनि दिन प्रतिदिन बढिरहेका छन्। साथसाथै दिन प्रतिदिन सडकमा तथा शहरमा भीडभाड पनि बढ्दै गएको छ।

यातायातका साधन पनि सडकमा वृद्धि भई ट्राफिक जाम देखिन थालेको छ। यसले उच्च दरमा वृद्धि भइरहेको कोरोना संक्रमणको वृद्धिको जोखिम बढ्ने निश्चित छ।

तसर्थ यातायातका साधन चढ्दा वा प्रयोग गर्दा उच्च सावधानी अपनाउनु जरुरी छ। हाल यातायातका साधन साइकल, मोटरसाइकल, गाडी, कार, मोटर, ट्रक सञ्चालनमा छन्। साथै केही दिनमा सार्वजनिक यातायातका साधन लगायत हवाई जहाज सञ्चालनको तयार कुरेर बसेका छन्।

अझै पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कदा राम्रो हो। निस्कनै परे पनि भीडभाड कम हुने समय जस्तै बिहान, दिउँसोलाई रोजौँ। यात्रा गर्दा पनि सकेसम्म कम ट्राफिक जाम हुने रुट तय गरौँ।

सुरुमै स्वास्थ्य विज्ञान र विश्व स्वास्थ्य संगठनले दिएको मार्ग निर्देशनहरु अनुशासित रुपले पालना गरौँ।

– कम्तीमा १.५ मिटरको भौतिक, सामाजिक दूरी कायम गरौँ।

– बेलाबेलामा साबुन पानीले कम्तीमा २० सेकेण्ड मिचिमिची हात धोऔँ। स्यानेटाइजर साथमा बोकेर हिँड्ने बानी बसालौँ।

– खोक्दा, हाच्छिँयू गर्दा रुमाल वा टिस्यू पेपरको सहायता लिने, नभए हातको कुहिनातिर कर्केर गर्ने।

– स्वास्थ्यकर्मीले सेवामा जाँदा अनिवार्य रुपमा एन ९५ मास्क प्रयोग गर्ने, अन्यले यस्ता मास्क उपलब्ध नभए सर्जिकल वा कपडाको मास्क प्रयोग गर्ने।

– कोरोनासँग सम्बन्धित लक्षण भएका व्यक्तिले अनिवार्य रुपमा मास्क प्रयोग गर्नु पर्दछ। यस्ता व्यक्तिले सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्नु हुँदैन ।

– नयाँ व्यक्ति भेट्दा हात मिलाउने, हग गर्ने भन्दा सामाजिक दूरी कायम गरी अभिवादन गर्नु उपयुक्त हुन्छ।

डा. निरज बम

– यात्रामा निस्कदा पालना गर्नु पर्ने चेकलिष्टहरु पनि विभिन्न देशमा प्रकाशित भएका छन्।

– सँगै यात्रा गरी रहेका अन्य साथीसँग सामान, रुमाल मोवाइल आदि शेयर नगर्ने।

– हामीले आफ्ना साधनका स्टेयरिङ्ग, ह्याण्डिल, साँचो सफा राख्नु पर्छ। प्रयोग अघि र पछि रसायनले डिस्इन्फेक्ट गर्नु पर्छ।

– अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने र सामान किन्नु पर्दा सकेसम्म नजिकबाट किन्ने व्यवस्था गराउने।

– यात्रा गर्दा दिर्घ रोगी, अशक्त लामो समयसम्म औषधी सेवन गरिरहेका व्यक्ति, गर्भवती, बालबालिका र वृद्धहरुको विशेष ख्याल राख्नु पर्छ।

– खोक्दा हाच्छिँयू गर्दा निस्कने र्‍यालका छिटा श्वास प्रश्वासका माध्यमबाट बिरामी व्यक्तिको शरीरभित्र छिर्न सक्छन्। यसबाट संक्रमण फैलिन सक्छन्।

– मास्क लगाएपछि हातले छोइराख्नु हुँदैन। नाक र मुख छोपिने गरी लगाउनु पर्छ।

– साबुन पानीले मिचीमिची बारम्बार हात धोएमा वा स्यानिटायजर प्रयोग गरेमा भाइरस निष्क्रिय भएर जान्छन्। सरसफाईकर्मीले हातमा पञ्जा प्रयोग गर्नुपर्छ।

– यातायातका साधन चढ्नुअघि हात सफा राख्ने, ढोका वा ह्याण्डिल छोएमा स्यानिटाइजरको प्रयोग गर्ने साधनमा प्रवेश गर्दा वा चढ्दा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्ने, भित्र रहेका सिटमा भौतिक दूरी कायम रहने गरी बस्ने।

– यात्रा गर्दा सकेसम्म खाने कुरा वा पेय पद्धार्थ नपिउने।

– यात्राको समयमा धुम्रपान, मध्यपान गर्दै नगर्ने।

– सवारी साधन, ह्याण्डिल, स्टेरियङ्ग डिस्इन्फेक्ट गर्नेभएको हुनु पर्छ।

– यात्रु संख्या एक तिहाई देखि आधासम्म मात्र हुनु उपयुक्त हुन्छ।

– पैसाको लेनदेन गर्दा भएपछि स्यानेटाइजरको प्रयोग गरिसकेपछि साबुन पानीले हात धुनु पर्छ।

– आफ्नो पालो कुरेर बिस्तारै भौतिक दूरी कायम राखेर चढ्ने वा ओर्लिने गर्नु पर्दछ।

– गाडीमा रहेका सामान जथभावी छुुनुहँदैन। कोरोना भाइरसका कण केही समय सामान वा सतहमा जीवित रहन्छन् भन्ने कुरा आइसकेको छ।

– सार्वजनिक सवारी साधनमा यात्रुहरु चढ्दा तापक्रम अनिवार्य रुपले परीक्षण गर्नुपर्छ।

– चालक, सह–चालकले सार्वजनिक यातायात पीपीई, मास्कको प्रयोग गर्न सुझाव समेत दिइएको छ।

– एम्बुलेन्सका चालकमा पीपीई, मास्कको प्रयोग अनिवार्य गरिएको छ।

– दुई पाङ्ग्रे सवारी साधनमा एक जना मात्र यात्रा गर्नु उपयुक्त हुन्छ।

– निजी सवारी साधनमा हरेक पटक यात्रा गर्दा पुरानै सह–यात्री रहनु उपयुक्त हुन्छ।

– आफूलाई असहज भएको वा कोरोनासँग सम्बन्धित लक्षण छन् वा कोरोना बिरामीसँग सम्पर्कमा आएका व्यक्तिले अरुसँग यात्रा गर्नु हुँदैन।

– सवारी साधनका झ्यालहरु यात्रामा क्रममा खुल्ला राख्नु पर्छ। स्वच्छ हावाको प्रवेशले सहयोग पुग्दछ।

– भौतिक दूरी कायम गर्दा अनुहार पनि विपरित दिशा तर्फ हुनु पर्छ।

– सार्वजनिक यातायातका साधनमा यात्रु चढ्दा वा ओर्लदा सकेसम्म बढि ढोकाको प्रयोग गर्नु पर्छ।

– सार्वजनिक यातायातका साधनमा भीड धेरै हुने भएकाले सकेसम्म अफ आवरमा चढ्नु पर्छ।

– ग्यारेज, पेट्रोल पम्प, सर्भिसिङ्ग सेन्टरमा पनि सकेसम्म साधन छोटो समयका लागि मात्र रहनु पर्छ।

– भीडभाड कम हुने स्टेसनहरु मात्र प्रयोग गरौँ।

– सकेसम्म नजिकको दूरी निजी साधन वा हिँडेरै यात्रा तय गरौँ।

(डा. निरज बम त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँका सह–प्रध्यापक तथा वरिष्ठ छाती रोग विशेषज्ञ हुन् ।)

असार ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू