एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले समयमै किस्ता बुझाउनेलाई ब्‍याजदरमा छुट दिने

काठमाडौँ-एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले असार समान्तसम्‍म सम्पूर्ण किस्ता चुक्ता गर्ने ऋणीलाई ब्याजदरमा १० प्रतिशत छुटको योजना ल्याएको छ।

कोरोना भाइरसबाट ऋणीहरुमा परेको असर न्यूनिकरण गर्न नेपाल राष्ट्र बैंकले चैत्र मसान्तसम्म कायम ब्याजदर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको कार्यान्वयन गर्दै बैंकले यस्तो योजना ल्‍याएको हो।

यस्तै संस्थाले ऋणीहरूले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको हो।

महामारीबाट यस वित्तीय संस्थाका ऋणीहरूलाई परेको प्रभावको मूल्यांकन गर्दै आषाढ महिनाका लागि समेत कर्जाको ब्याजमा छुट हुने अत्यन्त आकर्षक योजना ल्याएको संस्थाले जनाएको छ।

वित्तीय संस्थाले ल्याएको यस योजना मुताविक राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने वित्तीय संस्थाले जनाएको छ। यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिसत कायम हुनेछ ।

यस्तै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ।

यस संस्थाले ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागि आह्वान पत्र सार्वजनिक गरिसकेको जानकारी दिएको छ।

उक्त साधारण शेयरको विक्री खुल्ला असार १० गते हुने र बन्द असार १४ गते (बैंकिङ्ग समय पश्चात) र ढिलोमा २४ गते बन्द हुने वित्तीय संस्थाले जनाएको छ।

असार ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्