सरिता गिरीसँग प्रष्टीकरण सोध्ने समाजवादीको निर्णय

काठमाडौँ – समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीसँग प्रष्टीकरण सोध्ने निर्णय गरेको छ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई संविधान संशोधन विधेयकको पक्षमा मतदान नगरेको भन्दै प्रष्टीकरण सोध्ने निर्णय गरेको हो। संविधान संशोधन विधेयकमा मतदान हुने दिन जेठ ३१ गते उनी संसद बैठक बहिस्कार गरेर हिँडेकी थिइन्।
गिरीलाई पार्टीको व्हिप उल्लंघन गर्नाको स्पष्टीकरण सात दिनभित्र दिन निर्देशन दिइएको छ।
लिपुलेकसहितको नेपाली भूभाग समेटिएको अध्यावधिक नक्सा निशान छापमा राख्नको लागि संविधान संशोधन गर्ने क्रममा गिरीले पार्टी ह्वीपको बेवास्ता गर्दै मतदान नै नगरी संसद बैठक बहिस्कार गरेकी थिइन्। उनलाई कारबाही गर्ने तयारी स्वरुप प्रष्टिकरण सोधिएको बुझिएको छ।