जितेन्द्र देवलाई रामनारायण विडारीको प्रश्नः तपाईँ कुन देशको झोले हाे?

काठमाडौँ – राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताए ।

‘विदेशीसँग विवाह गर्न पाइन्छ । के को भारतसँग मात्रै होइन् क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्क सँग जान्नु है ।’

कांग्रेस सांसद जितेन्द्र नारायण देवलाई संकेत गर्दै उनले भने, ‘दक्षिण एसियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म ब्या ग¥यो, ठ्याप्प नागरिक भयो, ठयाक्क सांसद भयो, ट्याक्क मन्त्री भयो यस्तो छैन दक्षिण एसियामै छैन । उहाँ चाँही पृथ्वीभन्दा बाहिरको मान्छे हो त ?’

बैठकमा कांग्रेस सांसद देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै जनतालाई भ्रममा पार्ने गरी झुठा र बेइमानी कुरा नगर्न आग्रह समेत गरे । सांसद देवतर्फ संकेत गर्दै चीनको झोलामा नेपाललाई पार्ने कुरा बोल्ने तपाई कुन देशको झोले हो भन्दै प्रश्न गरे ।

उनले भने, ‘भारतको सम्बन्ध बिगार्ने चीनको झोलामा पर्ने आदी कुरा सदनमा बोल्ने कुरा हो ? यदि कसैले बोल्यो भने तपाई कुन देशको झोले हो भन्यो के गर्ने ? तपाईले कतापट्टि बोल्नु भयो भने के भन्ने ?’

भारतीय नागरिकलाई मात्रै लागु हुनेगरी सरकारले ऐन नबनाएको उनले प्रष्ट पारे । विवाह गर्न कसैलाई रोकतोक नभएको उल्लेख गर्दै उनले यो प्रावधान भारतीय नागरिकलाई मात्रै लागु हुने कुरा नभएको बताए ।

उनले भने, ‘भारतीय नागरिकलाई मात्रै लागु हुने गरी सदनले ऐन बनाएको हो ? यहि हो उहाँको कुरा ? संसारभरबाट नेपालका ठिटाहरुले विदेशका ठिटीहरु विवाह गर्छन्, त्यो छुट छ । कसैलाई रोकतोक छैन । त्यसकारणले यो भारतीलाई नागरिकलाई लागु हुने कुरा होइन । विगतका वितरण गरिएका नागरिकताका विषयमा पनि यो ऐन बनाएको होइन् । विश्वका सार्वभौम राष्ट्रले नागरिकता सम्बन्धी आफ्नै प्रकारको नीति ल्याउँछ । हाम्रो देश सार्वभौम सत्ता होइन भन्ने लाग्यो की कसैलाई ?’

विगतमा भएको व्यवस्थालाई परिवर्तन गरिएको भन्दै विपक्षी दलहरुले गरेको विरोधको पनि उनले खण्डन गरे । विगतका सबै कुराहरुलाई निरन्तरता दिने भए पञ्चायत शासन, राणा शासन किन बदल्या ? भन्दै उनले प्रश्न गरे ।

सरकारले वास्तविक मधेशी जनताको उत्थानका लागि नागरिकता विधेयक ल्याइएको बताए । ‘मधेशका नारीलाई होच्याएर विदेशबाट विवाह गर्दै फटाफाट नेता बनाएर मन्त्री बनाएर हिँड्ने ? अब वंशज मधेशी नारीहरु उनीहरुको संरक्षण गर्ने ? अब वंशज मधेशीहरुको संरक्षण गर्ने चिन्ता त्यहाँको नेतालाई छैन । ती त मन्त्री हुन आएका मान्छे हुन्छन् मधेशको हित गर्दैनन् । यताउती चाकडी गर्छन् । मन्त्री रिटायर हुन्छ । खुरुक्क घर जान्छन् त्यसैले मधेशमा विकास हुन सकेन । ’

विदेशी बुहारीसँग किन डराएको भन्दै नारा लगाउनले हाम्रा छोरीहरुलाई भारतले किन हेपेको, किन दासी बनाएको भन्दै किन नारा लगाउँदैनन् भन्दै प्रश्न गरे । छोरी ज्वाईलाई दिने हो की सांसद र मन्त्री बनाउन दिने हो ? उनले प्रश्न गरे ।

असार ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू