ग्लोकल आफ्टर स्कुलले भर्चुअल सम्मेलन गर्ने

काठमाडौँ-ग्लोकल आफ्टर स्कुलले अनलाइन सिकाईका लागि भर्चुअल सम्मेलन सञ्चालन गर्ने भएको छ।

ग्लोकलले प्रेस विज्ञप्ती जारी गर्दै अनलाइन लर्निङ भर्चुअल कन्फरेन्स असार १४ र १५ गते आयोजना हुने जानकारी दिएको हो।

‘ई–लनिङ’ क्षेत्रका विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अलाइन शिक्षण, शिक्षाको भविष्यमा र शिक्षाको सिद्धान्तमा विकास गर्न एक साझा मन्च प्रदान गर्ने ग्लोकलले जनाएको छ।

उक्त सम्मेलनको मुख्य लक्ष्य अनलाईन लअर्निङका सम्भावनाहरु लाई सम्बोधन गर्नु, चुनौतीहरु र अनलाइन लर्निंग भित्रका अवसर एंव विकासका बारेमा छलफल गर्नु रहेको ग्लोकलले जनाएको छ।

यसैगरी सम्मेलनले प्राविधिक तथा अनलाइन लर्निंगको गैरप्राविधिक पक्षहरूलाई पनि समेट्छ।

उक्त सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १० मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना, कर्पोरेट, नीति निर्माता, विद्यार्थी, विश्वविद्यालय, शिक्षाबिद, एंव सि.टि.इ.भि.टी लगायतका शिक्षणहरुको सहभागिता रहने ग्लोकलले जानकारी दिएको छ।

ग्लोकल प्रा.लिका कार्यकारी निर्देशक आशीष ठाकुरले यस सम्मेलनका माध्यमबाट शिक्षण संयन्त्रको चुनौतीपूर्ण समस्याहरूको चलिरहेको आविष्कार, अनुप्रयोग र समाधानहरूको लागि योगदान दिन र अनलाईन सिकाई संयन्त्रमा प्रभावकारी ढंगले कसरी विकास गर्न सकिन्छ भन्ने बारे छलफल गर्न लागेको बताए।

उनले सम्मेलनको मुख्य उद्देश्य अनलाईन लर्निङमा नबिनता थप्न र शिक्षाको विकासमा यसको प्रभावकारीताका बारे छलफल गर्नु रहेको बताए।

उक्त सम्मेलनमा शिक्षामन्त्री गिरीजामणी पोखरेलको पनि सहभागिता रहनेछ।

असार ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू