आत्मघाती गोल र केनको गोलले टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ।

घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्यामले रेलिगेशनबाट जोगिने प्रयासमा रहेको वेष्ट ह्याम युनाइटेडलाई २–० ले पराजित गरेको हो ।

पहिलो हाफमा दुवै तर्फबाट गोल नभएको खेलमा ६४ औँ मिनेटमा वेष्ट ह्यामका मिडफिल्डर टोमस सुचेकले आफ्नै पोष्टमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । ८२ औँ मिनेटमा केनले गोल गरेपछि टोटनह्याम २–० ले विजयी भयो ।

जितपछि सातौँ स्थानमा उक्लिएको उसको ३१ खेलबाट ४५ अंक भएको छ । रेलिगेशन जोनबाट माथि रहेको वेष्ट ह्यामको २७ अंक छ ।

लिग अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा तेस्रो स्थानको लेस्टर सिटी ब्राइटनसँग गोलरहित बराबरीमा रोकियो ।

असार १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्