कविता

हे ईश्वर लगाऊ पार यसबीच् लौ तिम्रो खाँचो भयो

कोरोना अति कस्टकर हुन गयो बढ्दैछ दिन्दिन् घरी ।
छुनै हुन्न समाती हाल्छ यसले त्यो रक्त विजै सरी ।
हाँहाँकार र त्राहिमाम हुनगो संसार त्रसित् छ यो ।
हे इश्वर लगाउ पार यसबीच् लौ तिम्रो खाँचो भयो ।

रोड्मै छन् नत पुग्न सक्तछन् कतै घरवार् विहिन् झैं भए ।
बेथा रोग र भोकको अति भइ दिनानु बढ्दै गए ।
छैन खान र लाउनै प्रकृतिको भारी प्रकोप जो गयो ।
सिता खाइ समस्त पेट भरने लौ तिम्रो खाँचो भयो ।

मैंहुँ भन्ने र शक्तिशाली कहिने राष्ट्राधी मारमा परे ।
औषधि उपचार समस्त तरिका तिन्ले प्रयोग् जो गरे ।
पाएनन् कुनै भेउ परास्त गरन हार्छन्कि जस्तै छ यो ।
भिस्मैको दुःख कस्ट दूर गरने लौ तिम्रो खाँचो भयो ।

थियो दूर दराजमा जबजब ठिक्ठाक लाग्दै थियो ।
थाल्यो छेउमै ढलाउनै तबतब ज्यानै कपाइ दियो ।
फेर्छ रुपै अनेकका थरिथरि साच्चै निसाचर छ यो ।
छेदिएको शरीर शीर भरने लौ तिम्रो खाँचो भयो ।

बाध्य छौं घर भित्र कुंठित भइबस्नु छ जानु कहाँ ।
अस्पतालहरु नै अपुग भइसके सुत्नु र खानु कहाँ ।
आँधि बजै्र सरी प्रहार गरने त्रासै भयन्कर छ यो ।
गोवर्दन गिरी हातमा लिइदिने लौ तिम्रो खाँचो भयो ।

मृगौला मुटु नेत्र कानहरु यि फेर्थे सहज्भै यहाँ ।
ठूला पर्वत ताल् समद्रहरु यी छेड्थे सहज्भै यहाँ ।
अणु बम् नत काम गर्छ सुइले ब्याकुल विज्ञान रह्यो ।
सारा श्रृष्टि ब्रह्माण्डका रचइता लौ तिम्रो खाँचो भयो ।

 

असार १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू