हाम्रो आवाज पनि सुन्नुहोस्- ११

‘सबैजना शिक्षक तथा अभिभावकलाई मेरो अनुरोध छ, कृपया बालबालिकाको कानमा नहानिदिनुस्’

मेरो नाम अमन थापा, सुस्त श्रवण हो कान कम सुन्छु। मेरो हजुरबुवा भारतीय सेनामा हुनु भएकोले हामी स-परिवार भारतमा नै बस्दै आएका थियौँ। मलगायत परिवारका धेरै सदस्यहरू भारतमा नै जन्मी त्यही हुर्कियो। त्यसपछि मेरो सबै परिवार नेपाल आयौँ। नेपाल आएको धेरै बर्ष भईसकेको छ। अहिले म बुटवलमा बस्छु। म कक्षा सातसम्म भारतमा नै अध्ययन गरेँ।

भारत र नेपालको पढाइ नमिलेकाले मैले नेपालमा फेरि कक्षा सातदेखि अध्ययन गर्न पर्‍यो। सुरु-सुरुमा मलाई नेपाली भाषा बोल्न र सिक्न अलि समस्या पनि भएले धेरै जसो शब्दहरु बुझ्न र पढ्न साह्रै गाह्रो लाग्दथ्यो। त्यसमाथि पनि मेरो कान कमजोर थियो। तर पनि मैले जसरी तसरी मिहिनेत गरेर अगाडि बढ्दै गए।त्यसबेला स्कूलमा राम्रो विद्यार्थीको रोल नंवर अगाडि हुन्थ्यो।कक्षामा रोल नम्वर अगाडि ल्याउन प्रतिस्पर्धा हुने गर्दथ्यो र म पनि प्रतिस्पर्धा गर्थे।

कसरी कसरी म पनि कक्षाको अगाडि स्थानमा बढ्दै गए र एस. एल. सी. पनि पास गरी प्लस टु पनि पास गरे।त्यसपछि चार बर्ष स्नातक पनि पढे तर पूरा गर्न सकेको छैन।समाजका मान्छेहरु कान कम सुनेर पनि कसरी पढ्यो भनेर अचम्म मान्थे।कहिले काहि पकेट खर्चको लागि बच्चाहरुलाई टिउसन पनि पढाउने गर्थे।यसरी टिउसन पढाएर कयौं महीनासम्म मेरो कलेज खर्च पनि तिर्न सकेको थिए।

मैले एस. एल. सी. सकिए पछि भारतीय सेनामा जान प्रयास गरे तर सफल भएन। त्यसपछि नेपाली सेनामा गए तर कक्षा ११ को अन्तिम परिक्षा ले गर्दा मेडिकल जाँचमा दिन पाएन। त्यसपछि नेपाल पुलिसमा गए त्यहाँ कान कम सुन्ने कारणले गर्दा बाहिरिए। फेरि कम्प्युटरको आधारभुत कक्षा तथा एकाउन्टको ट्यालि कोर्स पनि गरे तै पनि काम पाईएन।

‘जब लिङ्क’ द्वारा पनि धेरै पटक रोजगारको लागि कोशिस गरे तर पनि कतै काम मिलेन। पछि हार्डवेयरमा २ हप्ता जति काम गरेँ तर कान कम सुन्ने कारणले गर्दा मलाई निकालियो। त्यो दिन म कति रोएँ अब त मेरो आशा पनि छैन जस्तो लाग्यो। तर पनि मैले हरेस खाइन। फेरि बैंकिङ तालिम लिई दुई बैंकहरूमा फर्म भरेँ तर पनि बैंकले बोलाएनन् शायद मेरो कानको समस्याले गर्दा होला, कारण भने भनेनन्।

अर्कोतर्फ फेरि अपाङ्गता कोटामा लोक सेवा आयोगको फर्म भरे तर पनि नाम निकाल्न सकिएन। यसरी कान कमजोरको कारणले कतै पनि काम नपाएर आफ्नै सानोतिनो काम गर्न सुरू गरे। जब म ८ कक्षामा पढ्दै थिए आफ्नै माइक्रो बस बाबा आफैँले चलाउदा दुर्घटना भयो।

कसैले पनि नसोचेको यति ठूलो घटना भयो कि म र हजुरआमा बाहेक सबै परिवारलाई धेरै चोटपटक लाग्यो। दिन प्रतिदिन पीडा हुँदै गयो। बस पनि गयो र घरजग्गा सबै औषधि पानिमा गयो। अहिले हामि भाडामा बस्न परेको छ। त्यो दिन सम्झदा अहिले पानि डर लाग्छ। तर के गर्नु आफ्नो पिडा कसैलाई भन्न मन लाग्दैन।

मेरो कान नसुन्ने लगभग ११, १२ बर्षको हुँदा भएको होला। सानैमा सुन्‍ने गर्थे। पछि के भयो थाहा भएन र एक्कासी कान खराब हुन लाग्यो।मलाई सानैदेखि निमोनिया पनि धेरै पटक भाएको थियो। शायद त्यसैले होकि कान कमजोर हुन लागेको। एक चोटि सानोमा टिचरले कानमुनि पनि हान्‍ने भएको थियो शायद त्यसैले पनि हुन सक्छ।

त्यसैले बच्चाहरुलाई कहिल्‍यै पनि कान पट्टि नहानिदिनु भनेर सबैजना शिक्षक तथा अभिभावकलाई म अनुरोध गर्न चाहन्छु। जसले बच्चाहरुको श्रवणशक्तिमा असर परी पछिसम्म दुःख हुन सक्छ। मैले सबै अभिभावकहरुलाई आफ्नो छोरा छोरीको ६-६ महिनामा कानको चेकजाँच गरि ख्याल गर्न पनि अनुरोध गर्दछु।

साथै कानले कम सुन्छ भनेर ईशाराले मात्र बोलाउदा बच्चाहरू लाई ईशाराको मात्र बानि परी बोल्ने अभ्यासमा कमी हुन जाने हुनाले ईशाराको प्रयोग नगरिदिनुहुन पनि अनुरोध गर्दछु। मेरो कान कमजोर भएको थाहा पाएर बुटबलको अस्पतालमा कानको डाक्टर लाई देखाए।त्यहाँ डाक्टरले मेरो ‘हेरिङ टेष्ट’ गर्नु भयो र औषधि पनि खाए तर पनि निको भएन।

कक्षा ९ मा पढ्दा ममी बाबाले उपचार गर्न मलाई दिल्ली पठाउनु भयो। त्यहाँको कानको डाक्टरले म विद्यार्थी भएकोले कानभित्र लगाउने नदेखिने खालको ‘हेरिङ एड’ किन्‍न सल्लाह दिनुभयो। त्यसलाई मूल्य लगभग ३०,००० भारु थियो। पहिलो पटकको ‘हेरिङ एड’ भएकोले कम्प्युटरबाट सेटअप गर्दा मैले के हो केही पनि बुझिन।

सुरु सुरुमा त ‘हेरिङ एड’ लगाएर अलि ठिकै सुन्थेँ, पछि के भयो के आवाज सफा नआउने र एक्कासि बिग्रियो। त्यसपछि लगाउन पनि छोडिदिएँ। फेरि लखनउ गएँ, त्यहाँ पनि ‘हेरिङ एड’ नै लगाउन पर्छ भन्‍नुभयो। त्यहाँ डाक्टर अलि राम्रो वा म आफै पनि ‘हेरिङ एड’ को बारेमा केहि बुझ्ने भएकोले होला राम्रोसँग सेट गरेर ‘हेरिङ एड’ दिनु भयो। त्यो मेसिन ४०,००० भारूको थियो।केही समय सम्म राम्रोसँग सुने, पछि त्यो पनि बिग्रियो।

लखनउ धेरै टाढा भएकोले बनाउन जान पनि पाईएन। समय समयमा मर्मत तथा सेटिङ्गका सेवाहरू लिनु पर्ने भएकोले ‘हेरिङ एड’ सकेसम्म नजिक मा नै किन्न पर्ने रहेछ। अहिले ‘हेरिङ एड’ नलगाउदा संचारमा समस्या भएता पनि मैले सान्त वातावरणमा बिस्तरै नजिक बाट बोलेको सुन्न तथा बुझ्न सक्छु।

अन्य व्यक्तिहरुसँग म कम बोल्ने बानी भएकोले समाजमा कोहीकोहीले मलाई घमण्डी पनि भन्ने गर्दछन्। कोही साथीहरूले पानि यस्तै सोच्ने गर्छन्। तर मैले कम सुनेको कारणले नै धेरै नबोलेको हो। त्यसैले कारण नबुझी कसैले पनि नकारात्मक सोच राख्न हुँदैन। अझै कसैले त मलाई पछाडिबाट जिस्काउने पनि गर्छन्।

अन्य व्यक्तिहरु सगँ म कम बोल्ने बानी भएकोले समाजमा कोहीकोहीले मलाई घमण्डी पनि भन्ने गर्दछन्। कोही साथीहरूले पानि यस्तै सोच्ने गर्छन्। तर मैले कम सुनेको कारणले नै धेरै नबोलेको हो। त्यसैले कारण नबुझी कसैले पनि नकारात्मक सोच राख्न हुँदैन। अझै कसैले त मलाई पछाडिबाट जिस्काउने पनि गर्छन्।

तर मैले के भनूँ? भनेर के हुन्छ? शायद मैले धर्म गरेर हो कि पाप गरेर हो मेरो कान कमजोर भएको त्यो थाहा भएन। समाजमा अपागंतालाई पूर्व जन्मको पापको फल भन्ने पनि चलन छ। तर पूर्व जन्मको कुरा हामीलाई कसरी थाहा हुन्छ र? मेरो एस. एल. सी. सकिFदाको बेला मैले के के गरुँला भनेर सोचेको थिएँ तर सबै सपना चुरचुर भयो। सबै क्षेत्रहरूमा कोशिस गरेँ तर पनि सफल भएन। तर पनि मैले अगाडि बढ्ने साहस गरिराखेँ।

अहिले आएर कहिलेकाहिँ मैले के गर्न सक्छु र भनि सोचेर मन तथा चित्त दुख्छ। अब म कहाँ जाऊ, के गरूँ भनी भविष्य र परिवारको चिन्ता लाग्छ। तर पनि मैले अहिले पनि हरेश खाएको छैन।जिन्दगीमा जसोतसो अगाडि बढ्नु छ भन्ने हिम्मत गरेको छु। परिवारमा मलाई सबैले माया गर्छन्, म पनि सबैलाई माया गर्छु। सधैँभरि बाबाआमाले मलाई दिनु भएको सहयोग तथा सल्लाह मैले कहिले पनि बिर्सन सक्दिन।

किनकि बाबाआमा भन्दा मेरो जीवनमा कोही ठूलो छैन। अनि एकदिन आफ्नो सपना पूरा गर्नेछु र बाबा आमाको पनि। मलाई सानै देखि पत्रपत्रिका पढेर मनोरन्जन गर्न मन लाग्छ। अझै पनि म हरेक दिन बिहान बेलुका समाचार हेर्ने गर्छु।

अहिलेको कोरोनाको विश्वव्यापी महामारीले गर्दा बहिरा, सुस्त-श्रवण भएकाहरुलाई सूचना र सञ्चारको पहुँचमा कमी छ। त्यसैले सुस्त श्रवण भएकाहरुलाई पनि मध्य नजर गरेर सूचना र सञ्चार राम्रोसँग प्रवाह गर्नु पर्दछ। कतिपय अनलाइन समाचारमा गलत सुचनाहरू सञ्चार गर्ने गर्दछन्।

यस्तो गलत सूचनाले सुस्त श्रवणलाई समस्या पार्ने हुनाले गलत समाचार सूचना प्रवाह नगरीदिनु हुन अनुरोध छ। अहिलेको माहामारीको लकडाउनले गर्दा सबैको जिन्दगी नराम्रो सगँ चलिराछ। बाबा ड्राईभर हुनुहुन्छ उहाँको पनि काम रोकिएको छ। घरभाडा, बिजुली बिल, खानेपानी बिल कसरी तिर्ने होला, बैकंको ब्याजको आउने किस्ताको कसरी तिर्ने भन्ने चिन्ता लाग्छ।

मैले पनि काम पाए घरपरिवारलाई सहयोग हुने थियो, तर काम खोज्दा पनि पाएको छैन। सरकारको पनि सबै अपांङ्गता भएकासरूको साथै सुस्त श्रवणहरुमा पनि ध्यान जाओस् भन्ने अनुरोध गर्छु।मैले कान कम सुनेको कारणले धेरै ठाउमा काम नपाएर हण्डर खाईसके।

सुन्छु भने पनि कसरी भनु सुन्दिन भने पनि कसरी विश्वास दिलाउ? म जस्तो कान कम सुन्नेलाई साह्रै नै गाह्रो छ।अन्तिममा भने मैले केहि गलत लेखेको भए माफ गरिदिनु होला भन्न चाहन्छु।

लेखक अमन थापा सुस्त श्रवण समूह बुटबलमा आवद्ध छन्।

यो पनि पढ्नुहोस्

असार १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्