गौतम बुद्धले देहत्याग गरेको भारतीय शहर कुशीनगरको एयरपोर्टलाई ‘अन्तर्राष्ट्रिय एयरपोर्ट’ घोषणा

काठमाडौँ- नेपालले गौतम बुद्धको जन्मभूमी लुम्बनीको पर्यटकीय प्रवर्द्धनका लागि निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तयारी लम्बिरहेका बेला त्यहाँबाट केही सय किलोमिटरको दूरीमा रहेको भारतको कुशीनगरस्थित एयरपोर्टलाई ‘अन्तर्राष्ट्रिय एयरपोर्ट’ घोषणा गरिएको छ।

भारतको केन्द्रीय सरकारले बुद्ध धर्मालम्बीहरुको बाहुल्य रहेको कुसिनगरमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि कुशीनगर एयरपोर्टलाई स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय एयरपोर्ट घोषणा गरेको हो। कुशीनगर भारतको २९ औँ अन्तर्राष्ट्रिय एयरपोर्ट हो।

कुशीनगर गौतमबुद्धले महापरिनिर्माण (देहत्याग) गरेको ठाउँ हो। बुद्धलाई आफ्नो देशमा जन्मिएको भनेर पटक–पटक विवादमा आएको भारतले कुशीनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय एयरपोर्ट घोषणा गर्नु अर्थपूर्ण रुपमा हेरिएको छ।

भारतको केन्द्रीय नागरिक उड्डयन मन्त्री हर्दिपसिंह पुरीले लामो समयदेखिको  तीर्थयात्री र पर्यटकको मागलाई सम्बोधन गर्दै कुशीनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय एयरपोर्ट घोषणा गरिएको बताएका छन्।

उत्तर प्रदेशस्थित कुशीनगर एयरपोर्ट गोरखपुर एयरपोर्टबाट ५२ किलोमिटर पूर्वमा पर्छ।

असार ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्