शिक्षामा व्यापार गर्नु मानवताबिरुद्धकै अपराध

या विद्या सा विमुक्तये …..

जुन ज्ञानले मुक्ति प्रदान गर्दछ, जीवनका धेरै समस्याहरु समाधान गर्दछ त्यो विद्या मुक्ति प्रदायक हो। जुन ज्ञानले लौकिक र परलौकिक जीवनमा पनि शान्ति आनन्द प्रदान गर्दछ , मानवलाई उच्चतम चेतनाको अवस्थामा पुर्याउँदछ त्यो ज्ञान नै शाश्वत र सनातन ज्ञान हो ।

प्राचीनकालदेखि हाम्रा पुर्खाहरू शिक्षा निशुल्क दिन लागिरहे।

आजसम्म आइपुग्दा शिक्षा जस्तो संवेदनशील क्षेत्रमा भैराखेको विसङ्गतिको प्रभावले समाज आक्रान्त छ।हाम्रो आदर्श पूर्ण समाजलाई नैतिकता , चारित्रिक, सदाचार र अनुशासनबिहिन बनाउन शिक्षाको चरम व्यापारीकरणले स्थान लिएका कारण नै हो भन्ने विज्ञहरुले भनेका छन। २०२८ सालको नयाँ शिक्षाको नाममा भएको वेतिथि र चरम व्यापारीकरणले शैक्षिक क्षेत्र तहस भएको हो ।

भोजन आवास एउटा आवश्यकता हो भने शिक्षा मानिसको नैसर्गिक अधिकार र आवश्यकता भित्र पर्दछ ।सन्तुलित भोजनले मानिसलाई स्वास्थ्य बनाउँछ भने नैतिकता, सदाचार ,निष्ठा र अनुशासनका लागि या जीवनयापन रविश्वलाई हेर्ने दृष्टिकोण बनाउनका लागि शिक्षाको आवश्यकता पर्दछ।

वर्तमान समय संसारभरि देखिएको शिक्षाको व्यापारीकरणले आज मानिस आक्रान्त भएका देखिन्छन्। शिक्षाको क्षेत्रमा संसारभरि आमूल परिवर्तन त भयो तर त्यसले नकारात्मक पक्षहरुको विकास गरेर मानिस स्वाभिमानी भन्दापनि व्यवसायिक हुन थाले र मुठ्ठीभर ब्यापारीहरुका कारणले गर्दा शिक्षामा आदर्श रहन सकेन ।

सनातन परम्परागत सेवामूलक पिढी.. शिक्षाले मानिसलाई आदर्श सेवामा रमाउन सिकाउँथियो ।

भौतिक, प्राविधिक, सामाजिक, नैतिक, राजनीतिक, पारिवारिक, व्यवहारिक सबै बिषयहरूको जानकारी शिक्षाबाट प्राप्त गर्न सकिन्छ।

शिक्षा यस्तो माध्यम हो जस्ले गर्दा मानिस (तमसो मा ज्योतिर्गमय ..) अन्धकारबाट प्रकाशतिर जाने अवसर पाउँछन्। शिक्षा त्यस्तो माध्यम हो जसले अनुशासन चरित्र निर्माणका पाटाहरुलाई प्रशस्त सहयोग पुर्‍याउँछ। एउटा सामान्य मानवलाई शिक्षाले महान बनाउँदछ, शिक्षाले गर्दा नै मानिसहरू अनुशासित खोजमूलक बन्दछन्।

सत्य र अनुशासन सिकाउने शिक्षा बिना मानिस अनुशासनहीन र अव्यवहारिक हुन्छन् भन्ने मान्यताहरु स्थापित भएको देखिन्छन्।

एउटा मानिस शिक्षा आर्जन गर्नकोलागि सधै तत्पर रहनु पर्दछ। शिक्षा ज्ञान प्रदान गर्ने तत्व हो ।अक्षर ज्ञान या वर्ण ज्ञान मात्र शिक्षा होइन । ज्ञानले हामीलाई कला , साहित्य प्राविधिक र राजनीतिक जस्ता विषयको जानकारी प्रदान गर्दछ। ज्ञान विनाको मान्छे एउटा अन्धकार कोठा जस्तै हुन्छ ।

शिक्षा संस्कृतको ‘शिक्’ धातुबाट आएको हो जसको अर्थ शिकनुदिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरुले आफ्ना शिष्य , सन्ततीहरु लाई ज्ञान प्रदान गरनुलाइ शिक्षा भनिन्छ ।

शिक्षा दुई तरिकाबाट आर्जन गर्न सकिन्छ । एउटा औपचारिक शिक्षा र अर्को अनौपचारिक शिक्षा हो । विद्यालय वा कुनै पनि शैक्षिक संस्थाको पर्खाल भित्र बसेर शिक्षा आर्जन गरिन्छ भने त्यसलाई औपचारिक शिक्षा भनिन्छ र आफूले देखेको , बुझेको, भोगेको र मुख्य अनुभव गरेको ज्ञान ,सुचना आर्जन गरे त्यसलाईअनौपचारिक शिक्षा भनिन्छ । औपचारिक शिक्षा शैक्षिकसंस्थाहरूको सिमानामा मात्र घेरिएको हुन्छ भने अनौपचारिक शिक्षा मानिसहरुले जन्मेदेखि मृत्युसम्म ने अनुभव गरेर पाइरहेका हुन्छन्।

प्रत्येक मानिसको मस्तिष्कमा अदृश्य रुपले विधमान संसारको सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो भनेर सुकरात भनेका थिए ।

शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जसलाई चलाइ तिमी सन्सार बदल्न सक्छौं भनेर नेल्सन मण्डेलाले भनेका थिए।

त्यसरी नै भगवत गीता मा पनि लेखिएको छ. पृथ्वीमा ज्ञानभन्दा शुद्ध अरु केही छैन ।

आत्मानुभूति नै शिक्षा हो भनेर शंकराचार्यले भनेका थिए ।

शिक्षालाई महान व्यक्तित्वहरुले परिभाषा दिएका छन् र आज संसारले शिक्षाको महत्व बुझिसकेको छ । ज्ञान तथा शीप , सिक्ने तथा सिकाउने पद्धति शिक्षा हो । शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालो तर्फ लैजान्छ । शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो यो जन्मेदेखि नमरुन्जेल सम्म कुनै न कुनै रुपमा चलिरहेको हुन्छ । ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम गुरु , शिक्षक तथा अध्यापकले गर्दछन् । शिक्षाले हामीलाई सामाजिक , राजनीतिक , भौतिक सबै कुराको जानकारी दिइरहेको हुन्छ , शिक्षाबाट नै कला सीप र साहित्य को विकास हुन्छ ।

ज्ञानी मान्छेले अरुलाई सिकाउँछ र उसलाई नयाँ तरिकाबाट सोच्ने दृष्टिकोण दिन्छ त्यसलाई ज्ञान भनिन्छ । अज्ञानिमान्छे अन्धकारमा बाँचिरहेको हुन्छ ।

संसार ज्ञानले गर्दा आज यो उचाइमा पुग्न सफल भएको छ ।

शिक्षा यस्तो माध्यम हो जस्ले गर्दा मानिस (तमसो मा ज्योतिर्गमय ..) अन्धकारबाट प्रकाशतिर जाने अवसर पाउँछन्। शिक्षा त्यस्तो माध्यम हो जसले अनुशासन चरित्र निर्माणका पाटाहरुलाई प्रशस्त सहयोग पुर्‍याउँछ। एउटा सामान्य मानवलाई शिक्षाले महान बनाउँदछ, शिक्षाले गर्दा नै मानिसहरू अनुशासित खोजमूलक बन्दछन्।

आज संसारमा जति विद्वानहरु छन् सबै उचाइ र सफलता सम्म पुग्नुको कारणल शिक्षा र ज्ञान हो। उनीहरुले पाएको सीप र कला ले गर्दा नै आज कति धेरै आविष्कारहरू भएका छन् ।

हजारौ ऋषिहरुले तपस्या , ध्यान र साधना गरेर ज्ञान आर्जन उनीहरुले उपनिषद् र पुराणका ज्ञानहरु गुरुकुल परम्पराबाट दिए। जुन ज्ञान निशुल्क दिए।

२०१६ को गणना अनुसार नेपालमा करिब ६हजार १५वटा निजी विद्यालयहरु थिए । २०२० सम्म आइपुग्दा करिब सात हजारसम्म उच्च शिक्षा प्रदान गर्ने विद्यालयहरु होलान् ।

त्यसरी नै नर्सरीदेखि स्नातक स्तर सम्म पढाउने सरकारी विद्यालय करिब ३५हजार जति देखिन्छन् ।

सरकारी विद्यालय र निजी विद्यालयमा धेरै भिन्नता देखिन्छ। निजी विद्यालयमा शुल्क महंगो हुन्छ । सरकारी विद्यालयमा शुल्क कम भएपनि शिक्षक , सरकारको र कुनै हदसम्म विद्यार्थीको लापरवाही देखिन्छ।कतिपय विद्यार्थीहरूकोनिजी विद्यालयमापढ्न सक्ने क्षमता हुँदैन ।निजी विद्यालयमा महंगो शुल्क र सरकारी स्कुलले गर्ने लापरबाहीले गर्दा आज कति धेरै विद्यार्थीहरूको जीवन अन्धकार बनेको छ ।

प्राचीनकालदेखि नै गुरुकुलहरू खोलिएका थिए ।

गुरुकुल गुरूको आश्रय अर्थात गुरु रहने ठाउँ हो। प्राचीनगुरुकुलकारहनेआश्रम शिष्यलाई विद्या दान गर्न सहज हुने गरि निर्मित स्थलहरुमा गुरुहरु बसेर विद्यार्थीहरु त्यही गरेर विद्या ग्रहण गर्ने चलन थियो यसरी विद्यादानं र विद्या ग्रहण परमपराविकसित हुन पुगेको देखिन्छ ।

विद्यार्थीहरुका लागि खानेबस्ने र साधना गर्ने यावत अवस्था हुने गर्दथ्यो । गुणात्मक पक्ष र अन्तर्वस्तुलाई उत्तिकै सफलताका साथ हेर्ने गरिन्छ।गुरूकुलहरू अहिले पनि चलिरहेका छन । गुरुकुलमा दिने विद्यालाई साधना र सिद्धिको दृष्टिले हेर्ने गरिन्छ ।

गुरुकुलमा विद्यार्थीहरुलाई निशुल्क पढाईन्छ र विद्यार्थीहरु गुरुकुलमा बस्ने भएकोले शिक्षा र विद्यार्थीप्रति एउटा नयाँ सम्बन्ध पनि जोडिन्छ, जसले गर्दा विद्यार्थीहरुलाई पढ्न सहज हुन्छ ।

गुरुकुलमा निजी विद्यालय जस्तो महंगो शुल्क लिएको देखिदैन।

व्यापार भनेको धन आर्जन गर्नका लागि गरिने वस्तु तथा  सेवाको विनिमय हो। मानव सभ्यता सँगै व्यापारको पनि विकास भएको मानिन्छ। पैसाको कारणले खरीद तथा विक्री अथवा आम्दानी कार्यलाई छुट्याउन सकियो।

व्यापारले गर्दा नै आज यो दुनिया एउटा घरजस्तो भएको छ । देशहरु साथी-साथी जस्तो भएका छन् । विश्वव्यापीकरणले गर्दा नै यो ठूलो संसार एउटा सानो गाउँ बन्न पुगेको छ । व्यापारले गर्दा अहिलेको युगमा प्रतियोगिता छ र प्रतियोगितामा सफलता पाउनको लागि गर्नु व्यापारआवश्यक छ तर शिक्षामा व्यपार गर्नु उचित हुदैन ।

आधारभूत आवश्कताहरुमा व्यापार गर्नु , व्यापारको नाममा शोषण गर्नु मानवताविरुद्ध देखिन्छ।

यो कुरा सत्य हो कि व्यापार गरेर आज दुनिया माथि पुग्न सकेको छतर शिक्षामा व्यापार गर्नु कुनै तरिकाबाट पनि उचित देखिँदैन । हामीलाई सबैभन्दा बढी आवश्यकता शिक्षाको हुन्छ।

धनीहरु झन धनी र गरीब झन गरिव हुँदै गएका छन् जसको अन्तरलाई रोक्नको लागि सर्वप्रथम आधारभूत आवश्कतामा व्यापार गर्न एकदमै कम गर्नुपर्छ । हाम्रो समाजमा शिक्षाको नाममा रंगीन सपना बेच्नेको भीड छ। नेपालमा शिक्षा केवल उद्योग बनेको छ।शिक्षा गरिबीविरुद्ध लड्ने गरिबी घटाउने र हटाउने सबैभन्दा ठूलोहतियार हो ।

शिक्षा मौलिक अधिकार हो। यसलाई व्यापार बन्नबाट रोक्ने जिम्मा आम सचेत नागरिकको हो। महँगो र ख्यातिप्राप्त कलेजमा पढ्दैमा राम्रो शिक्षा पाइने र सामुदायिक विद्यालयले न्यून गुणस्तरको शिक्षा दिन्छन् भन्ने गलत मान्यता आज पनि हामीमा छ ।शैक्षिक गुणस्तर बढाउन सरकारलाई मात्रै कुरेर बस्ने हो भने हाम्रो शिक्षा प्रणाली यस्तै रहनेछ। त्यसैले विद्यार्थी र अभिभावक स्वयं नै सचेत हुनुपर्ने बेला आएको छ।

हाम्रो चुपचाप लाग्ने प्रवृत्तिले शिक्षाको व्यापार फस्टाएको छ। सबै मिलेर आवाज उठाउने बेला आएको छ। सबै जनताको गुणस्तर शिक्षामा पहुँच हुनुपर्छ। आर्थिक अवस्थाअनुसारको शिक्षा पाइने अवस्था अन्त्य हुनैपर्छ। समान गुणस्तरको शिक्षा नै समान स्तरोन्नतिको मार्गदर्शक हो। गुणस्तरीय शिक्षामा समान पहुँचले नै धनीलाई सधैं धनी र गरिबलाई सधैं गरिब भएरै बाँच्नुपर्ने युगको अन्त्य गर्नेछ। यसर्थ शिक्षामा असमानताको विरुद्धमा आजैबाट बोल्न थालौं।

गरिब र धनीबीचको अन्तर हटाउनको लागी सर्बप्रथमशिक्षा जस्तो आधारभूत आवश्यकतामाव्यापारीकरण हटाउनुपर्छ ।

सबै मानिस शिक्षित भएपछिमात्रै देशको विकास सम्भव छ । शिक्षा र विकास १रथका दुई पाङ्ग्रा हुन् । शिक्षा नभए विकास सम्भव छैन र विकास नभए सबैलाईगुणस्तर शिक्षा प्रदान गर्न सम्भव छैन ।विकसित देशहरूले एउटा शिष्य वा बालकलाई निःशुल्क शिक्षा दिइरहेको हुन्छ तर नेपालको सन्दर्भमा त्यस्तो देखिंदैन । शिक्षा नभई मानिसले रोजगारी पाउदैन , रोजगारी नभए मानिसले पैसा कमाउँदैन रप्रतियोगि संसारमा बाँच्न गारो हुन्छ।सबै नेपालीहरु शिक्षित,कलात्मक, अनुशासित भएपछि देशको विकास आफै सम्भव छ । हरेक नेपाली नागरिकलाई शिक्षा निःशुल्क दिने हो भने नेपाल आफैं विकसित हुन्छ ।

सरकार मात्रै हैन यो जिम्मेवारी हरेक नेपाली नागरिकको जो आफ्नो देशको बिकास चाहन्छ ।

हामी एकजुट भएर काम गरेपछि मात्रै देशको विकास गर्न सक्छौं।शिक्षालाई व्यापारको रुपमा प्रयोग गर्ने ब्यापारीहरुलाईअरुनै कुनै व्यापारमा संलग्न गराउनुपर्छ र हामीले महङ्गो शिक्षा मात्रै गुणस्तर हुन्छ भन्ने सोच हटाउनु पर्छ।

सबै नागरिक शिक्षित भए मात्रै गरिबले बाटोमा रात बिताउनु पर्दैन ,भोकै मर्नु पर्दैन ,

अभावै अभावले आत्महत्या गर्नु पर्दैन , लुगा नभएर जाडोले मर्नु पर्दैन र व्यापारीहरूको अगाडी आफ्नो हात फैलाउनु पर्दैन ।

शिक्षाको व्यापारलेनै धनीहरु झन झन धनी र गरिवहरु झन् गरिव हुँदै गएका छन् , शिक्षा जस्ता आधारभूत विषयमा व्यापार हुनु हुदैन।

शान्ति …।

असार १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्