पहिरोमा पुरिएको अवस्थामा सल्यानमा एकजनाको शव फेला

सल्यान– पहिरोमा पुरिएको अवस्थामा सल्यानमा एक वृद्धको शव फेला परेको छ।

कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो।

घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडुँगे खोलाको पहिराले पुरिएको अवस्थामा शव फेला परेको हो।

असार १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्