क्वोन्टाइनमा राखिएका श्रीमान्-श्रीमतीमा कोरोना ‘पोजिटीभ’

मोरङ-भारतबाट विराटनगर घर आएका श्रीमान श्रीमतिमा कोरोनाभाइरस कोभिड १९ को संक्रमण देखिएको छ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार संक्रमण पुष्टि भएका जोडी महानगरपालिका ६ का बासिन्दा हुन्।

संक्रमित पुष्टि भएका ३१ वर्षीय श्रीमान् र २१ वर्षीया श्रीमती गत असार ४ गते बिहीबार जोगबनी नाका हुदैं विराटनगर आएका हुन्।

उनीहरु दुवै जनाको शुक्रबार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो। पुष्टि भएका दुवै जनालाई कोभिड १९ उपचार केन्द्र पठाउने तयारी भइरहेको महानगरले जनाएको छ।

महानगरका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार भारतबाट आएसँगै दुवैजनालाई मेनरोडस्थित एक क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा रहेका दुवै जनाको स्वाब संकलन गरि ७ गते कोशी अस्पतालमा पीसीआर परिक्षणका लागि पठाइएको थियो । उनीहरुको स्वाब संकलन गरि परिक्षणमा पठाएको ६ दिनपछि रिपोर्ट आएको हो।

महानगरले भारत तथा अन्य मुलुकबाट आएकाहरु र संकास्पदलाई राख्न विभिन्न ८ स्थानमा क्वारेन्टाइनस्थल बनाएको छ। जहाँ हाल ३३ महिला र ६४ जना पुरुष राखिएको कार्कीले बताए । त्यसैगरि, यसक्रममा ५ वर्षमूनि बालबालिकाको संख्या ६ रहेको उनले बताए ।

महानगरपालिकाले ९ सय ८५ जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि ल्याब पठाएको छ । जसमा ८ सय ३१ जनाको नतिजा नेगेटिभ आएको र १ सय ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

महानगरमा हालसम्म ६ महिला र ४ पुरुष गरि कुल १० जनामा संक्रमण पुष्टि भइसकेको छ।

असार १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्