भूपी शेरचनका पाइलट छोरा भूपेश लागूऔषध दुर्व्यसनी, भन्छन्- ‘प्लेन दुर्घटनाले डिप्रेसन भयो, अनि लागूऔषध खान थालेँ’

काठमाडौं- प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो-एनसिबीले बुधबार पेप्सिकोलामा गरेको अप्रेसनमा पक्राउ पर्नेमध्ये भुपेश शेरचन पनि हुन् जो चर्चित साहित्यकार भूपी शेरचनका छोरा हुन्।

राजधानीको नक्सालमा बस्दै आएका ४८ वर्षीय भुपेश लामो समयदेखि लागु औषध दुर्व्यसनी भएको प्रहरी अधिकारीको दाबी छ। फर्मस्युटिकल्स ड्रग्स सेवन गरिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

भूपेश पूर्व पाइलट पनि  हुन्। नेपाल एयरलाइन्सका स्थायी जागिरे भुपेश ट्वीनेटर विमान चलाउँथे। तर जागिर सुरु गरेको केही वर्षमै उनले राजिनामा दिए।

‘ नेपाल एयरलाइन्समा मैले जागिर सुरु गरेपछि केही विमान दुर्घटना भए जसमा मैले मिल्ने साथीहरु पनि गुमाएँ। त्यसपछि मलाई विमानमा चढ्नै डर लाग्न थाल्यो। म डिप्रेसनमा पुगेछु। त्यसैले राजिनामा दिएँ। डिप्रेसनबाट मुक्त भइन्छ भनेर लागु औषध सेवन गर्न थालेँ’, प्रहरीको प्रारम्भिक सोधपुछमा भुपेशले भनेका छन्।

एनसिबीले भूपेशसहित नेपाल प्रहरीकै बहालवाला इन्सपेक्टर रुद्र शाही र अन्य तीन जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ।

असार १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्